मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकको स्प्रेडमा बम्पर उपहार



काठमाडौं । बैंकहरुको संख्या घटाउनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बम्पर उपहार दिने भएको छ ।

वाणिज्य बैंक वाणिज्य बैंक मर्जरमा गएको अवस्थामा एकीर्कत कारोबार भएको १ वर्षसम्म ४.५ प्रतिशत स्प्रेड दर राख्न पाउने तर मर्जरमा नजाने बैंकहरुले भने १ वर्षभित्र स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य र्बैंकको स्प्रेड साढे ४ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

‘मर्जरलाई प्रोत्साहन गर्न स्प्रेड दरमा विषेश व्यवस्था गरेका छौं,’ राष्ट्र बैंकको उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

गभर्नर डा. चिरञ्जीबी नेपालले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज ४ बजे राजधानीको र्याडिशन होटलबाट सार्वजानिक गर्दैछन् । गभर्नर डा. नेपालको यो नै अन्तिम मौद्रिक नीति हो । उनी आगामी चैत पहिलो साता अवकास पाउँदैछन् ।

गभर्नर भएकै वर्षको मौद्रिक नीतिमा बैंकहरुको चुक्ता पुँजी बढाएका गभर्नरले अन्तिम मौद्रिक नीतिमा सहुलियत दिएर ठूला बैंकहरुको मर्ज गराउने नीति लिएका हुन् ।


पुष्प दुलाल