निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योगमा बाढी पस्यो, पुहँमार्गमा समेत क्षति



काठमाडौं । चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योगको उद्योग निर्माण क्षेत्रमा बाढी पसेपछि निर्मांणाधिन संरचनामा क्षति पुगेको छ ।

विगत ३ दिनदेखिको बर्षाका कारण धादिङको बेनीघाट रोराङ गाँउपालिकामा निर्माणाधिन उक्त सिमेन्ट उद्योगमा क्षति पुगेको हो । कम्पनीका प्रतिनिधि डिल्लीराज पोखरेलका अनुसार स्थानीय ताल्दी खोलाले उद्योगको निर्माणाधिन संरचनामा क्षति पुगेको छ । क्षतिको विवरण भने प्राप्त भइ सकेको छैन ।

सो आयोजनामा उद्योगी सुरज वैद्यको समेत साझेदारी रहेको छ । बाढीको बब्ीचमा ५ मजदुर फसेका थिए । ती मध्ये ३ नेपाली र २ चिनियाँ नागरिक थिए । उनीहरुलाई स्थानीयबासी र गजुरीबाट गएको प्रहरी र ताल्दीमा रहेका प्रहरीले सकुशल उद्धार गरेको छ ।

बाढीले खाद्यान्न तथा अन्य लजिस्टिक सामानमा समेत क्षति पुर्याएको छ । यस्तै ह्वासिन सिमेन्ट उद्योगको पहुँचमार्गमा समेत सामान्य क्षति पुगेको छ । क्षति पुगेको पहुँचमार्ग मर्मत सुरु गर्न समेत बर्षा रोकिनुपर्ने छ ।

कूल १५ अर्ब लागतको सो सिमेन्ट उद्योगमा हाल चिनियाँ सहित ३०० मजदुर कार्यरत छन् ।


पुष्प दुलाल