कुलेखानी जलाशय भरियो, सचेत रहन सरकारको आग्रह



काठमाडौं । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिएको छ । सामान्यता कुलेखानी जलाशयमा जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर मा मात्रै पानी भर्न सकिन्छ ।

तर जलाधार क्षेत्रमा बढी वर्षा भएकाले जलाशयमा पानीको सतह बढ्दा स्थानीय प्रशासनले जलाशय तटिय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

जानकारी अनुसार जलाशयमा पानीको सतह १ हजार ५२५.५७ सेन्टिमिटरमा पुगेको छ । आयोजनाबाट ९२ मेगावाट क्षमताका २ आयोजना सञ्चालनमा छन् । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो समेत निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आज बिहान जलाशयको सतहमा वृद्धि भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज राती मात्रै जलाशयको सतह ५ मिटर बढेको हो ।

बाढी पूर्वानुमान महाशाखाले भनेको छ– कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने जनाएको छ । प्राधिकरण र स्थानीय प्रशासनले जलाशयको पानी घटाउने तयारी गरेको छ । स्थानीय प्रशासनले तल्लो क्षेत्रमा सावधानी अपनाउन भनेको छ ।

‘गोरखा भूकम्प’ले जलाशयको संरचनामा क्षति पुर्याएको थियो । जापानी प्राविधिक झिकाएर जलाशयको मर्मत गरिएको थियो ।

आयोजनाले सोमबार बिहान सूचना जारी गरेर ड्याम खोल्ने तयारी गरेको छ । नियमित वर्षा भएपनि पछिल्ला २ वर्षमा जलाशयको सतह भरिन सकेको थिएन । जलाशय खोल्दा तटिय क्षेत्रका करिब २०० घर जोखिममा पर्न सक्ने देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि कुलेखानी जलाशय भरिन लागेको भन्दै सचेत हुन आसपासका नागरिकलाई आग्रह गरिसकेको छ । हेनोस् ट्वीट ।

जलाशय खोल्दा बागमती नदीमा बाढी आउने भएकाले मकवानपुर, सिन्धुली, सर्लाही र रौतहट जिल्लाबासीलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।


पुष्प दुलाल