उर्जामन्त्री पुनको निर्देशन- सम्भावित मौसम र विपदबारे प्रभावकारी सूचना समयमै पुगोस्
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जनतालाई सम्भावित मौसम र त्यसले ल्याउन सक्ने विपदबारे समयमै प्रभावकारी सूचन दिने गरी काम गर्न निर्देशन दिएका छन् ।
पछिल्लो समय देशमा बाढी पहिरोले विकराल रुप लिएपछि त्यसको पछिल्लो अवस्था बुझ्न जल तथा मौसम पूर्वानुमान महाशाखा पुगेका मन्त्री पुनले उक्त निर्देशन दिएका हुन ।
महाशाखाका मौसमबिदहरुले देशको पछिल्लो अवस्थाबारे जानकारी दिएपछि मन्त्री पुनले जनतालाई सूचना दिने काम भइरहेको भएपनि त्यसलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा थप गम्भिर हुन निर्देशन दिएका हुन ।
सूचना प्रबाह गर्न अहिले अपनाएका माध्यम र महाशाखाले प्रस्तुत गरेको प्रस्तुती राम्रो भए पनि यसलाई थप प्रभाबाकरी बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा मन्त्री पुनको जोड छ ।
मास एसएमएस, फेसबुक, टुइटर, मौसम बुलेटिन, बेभसाइट अहिले महाशाखाले प्रयोग गर्दै आएका सूचना प्रबाहका मुख्य उपायहरु हुन् ।
त्यसै यी उपायका साथै प्रभाबकारी माध्यमका रुपमा रहेका सञ्चार माध्यमलाई पनि उच्चतम प्रयोग गरेमा सूचना प्रबाह गर्न थप सहज हुने मन्त्री पुनले बताए ।
थप भिडियोमा हेर्नुहोस ।