तीन प्रदेशमा चुरेबाट बढ्ने नदीमा जलाधार बढ्यो, विभाग भन्छ- सतर्कता अझै अपनाउनुस्
काठमाडौं । प्रदेश नं १, २ र ३ को चुरेबाट बहने साना नदीमा समेत जलाधार बढ्न गएको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज एक एलर्ट माफृत प्रमुख तथा मझौला नदीमा भने पानी सतर्कता तह तलै रहेको जनाएको छ । साना नदीमा जलाधारमा थप वर्षा भईरहेको विभागले जनाएको छ । देशभरमा नदीमा बाढीको अवस्था सामान्य रहेको जनाएको छ ।
महाखाशाले सोमबारदेखि देशैभरका नदीहरुको अवस्था सामान्य अवस्थामा आउने जनाएको छ ।
विभागले बाढी र वर्षाका कारण विस्थापित हुन पुगेका समुदायलाई आ–आफ्नो घर तथा बस्तीमा फर्कन समेत आग्रह गरेको छ ।