२ सय कर्मचारी मागेको जनता बैंकको विज्ञापन अब के हुन्छ ? यसो भन्छन् सीइओ क्षेत्री




काठमाडौं । जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने भएको छ । केहि दिनअघि दुई बैंकबीच मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

मर्जरमा जाने सहमति गर्नुभन्दा केहि दिनअघि मात्रै जनता बैंकले कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । मर्जरमा जाने निश्चित भएसँगै अब उक्त विज्ञापन अघि बढ्छ कि रोकिन्छ भन्ने जिज्ञासा आबेदकहरुमा छ ।

जनता बैंकले माग्यो २ सय जना कर्मचारी

यसै विषयमा क्लिकमाण्डुलाई धेरै पाठकहरुको जिज्ञासा आएपछि हामीले जनता बैंकका सिइओ परशुराम कुवँर क्षेत्रीलाई सोधेका थियौं- ‘बैंक मर्जरमा जाने भयो, अब तपाईले खुलाएको विज्ञापन के हुन्छ ?’

सिइओ कुँवरका अनुसार जनता बैंकले विभिन्न पदमा २ सय जनाका लागि जागिर खुलाएको थियो । जसमध्ये म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना कर्मचारी माग गरिएको छ ।

जनता गाभेपछि ग्लोबल बैंक देशकै नम्बर वान, यस्ता हुन्छन् वित्तीय सूचक

‘कर्मचारी भर्ना प्रक्रिया कुनै पनि हालतमा रोकिँदैँन, आबेदन दिन चाहने आबेदकहरुले ढुक्कसँग तयारी गर्नुभए हुन्छ,’ उनले भने, ‘बैंकलाई ब्यवस्थापन गर्न कर्मचारीको खाँचो भएरै विज्ञापन गरेका हौं ।’

तर ट्रेनी असिस्टेन्ट पदको सवालमा भने केहि सल्लाह गरे पछि मात्रै निर्णय गर्ने उनले बताए । ट्रेनी असिस्टेन्ट पदको प्रक्रिया अघि बढाउने वा रोक्नेबारे छिट्टै निर्णय गरी जानकारी दिने उनले जानकारी दिए ।


क्लिकमान्डु