५० करोड खर्चेर १ हजार युवालाई व्यवसायिक कृषिमा लगाउँदै सरकार



काठमाडौं । सरकारले कृषि पेशालाई मर्यादित र आर्कषक पेशाका रुपमा विकास गर्ने लक्ष्यका साथ युवालाई नै परिचालन गर्ने नीति अख्तियार गर्ने भएको छ । त्यसका लागि पहिलो चरणमा १ हजार युवालाई कृषि क्षेत्रमा पाइलट प्राजेक्टका रुपमा परिचालन गर्ने नीति लिएको छ ।

स्वदेश तथा विदेशमा रहेका १ हजार युवालाई परिचालन गरी कृषि पेशा मर्यादित र आकर्षक पेशा हो भन्ने स्थापित गर्न ५० करोड बजेट विनियोजन गरिएको छ । कृषिमा युवा विशेष कार्यक्रमको अवधारणा ल्याइएको कृषि विकास मन्त्री चक्रपाणी खनालको दावी छ ।

उन्नत तरकारी खेती, नगदे बाली उत्पादन तथा अन्य आर्कषक क्षेत्रमा युवालाई परिचालन गरी पाइलट प्रोजेक्टका रुपमा काम गर्ने छ ।

सो कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि समेत तयार भइसकेको छ ।

स्थानीय तथा रैथाने बिउ विजन संरषणका लागि विगतदेखि नै सञ्चालनमा रहेका कार्यक्रमलाई अगामि दिनमा पनि निरन्तरता दिने लक्ष्य राखिउको छ ।

यस्तै मकै भटमास प्रवद्र्धन कार्यक्रम, अण्डा र कुखुराको मासुमा आत्मनिर्भर बनाउने, आलु प्याजमा पनि सोही नीति अख्तियार गर्ने लक्ष्य राखिएको छ । मुख्ख्य अन्नबाली, दुध, माछा र ताजा तरकारीमा समेत आत्मनिर्भर हुने गरी कार्यक्रम तय गरिएको मन्त्री खनालको दाी छ ।

माछा पालनलाई थप व्यवसायिक बनाउन संघ र प्रदेशका १० वटा फार्म केन्द्र मार्फत मत्स्य भूरा उत्पादन तथा वितरणको काम अगाडि बढाउने र ५ वटा जोन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।


पुष्प दुलाल