करोडौं ऋण लिएर नतिर्ने ३ व्यवसायीलाई ७ दिनभित्र तिर्न ऋण असुली न्यायाधिकरणको ताकेता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण लिएर नतिरेको अभियोगमा ऋण असुली न्यायाधिकरणले विभिन्न ३ व्यक्तिलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
सिटिजन बैंक इन्टरनेशनबाट १ करोड ५२ लाख ६४ हजार ४२७ ऋण लिई नतिरेका मोहनलाल श्रेष्ठलाई ७ दिनभित्र साँवा र व्याजसहित भुक्तानी गर्न आग्रह गरेको छ । सो अवधिमा ऋण तिर्न नआएको खण्डमा कानून अनुसार कारवाही हुने आज प्रकाशित सूचनामा उल्लेख छ ।
यस्तै माछापुच्छ्रे बैंबाट ऋण लिइ तिर्न अटेर गर्दै आएको एसएनएन अटोमोबाइल्स प्रालिलाई समेत ७ दिन भित्र ऋण तिर्न आउन आग्रह गरेको छ । उक्त कम्पनीले सो बैंकबाट १ करो ६६ लाख ५६ हजार ४८१ तिर्नुपर्ने देखिएको न्यायाधिकरणले जनाएको छ ।
त्यस्तै इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीबाट ऋण लिएका राजिव कुराले समेत ऋण तिर्न अटेर गरेको पाइएको छ ।
कुँवरले सो कम्पनीबाट ५३ लाख ६ हजार ६०० तिर्नुपर्ने देखिएको छ । ७ दिनभित्र उक्त रकम तिर्न नआएको खण्डमा कानून अनुसार कारवाही हुने सूचनामा उल्लेख छ ।