भारतीय मोटरसाइकल छुटाउन घुस दिने यादव विरुद्ध मुद्दा
काठमाडौं । भारतीय मोटरसाइलक छुटाउनका लागि घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारका रामराज यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादवले पक्राउ परेका २ वटा मोटरािइकल छुटाउन जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीलाई १० हजार घुस रकम दिन खोजेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अनुसन्धानको क्रममा रहेका मोटरसाइकल छुटाउन यादवले अनेकन प्रयास गरेको र नसकेपछि घुसको अफर गरेका थिए । यादव विरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।