संसद बैठकमा बाँदरले दुःख दिएको देखि राष्ट्रपति सवारीको चर्चा



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बाँदरको समस्यादेखि राष्ट्रपति र प्रधानमन्त्रीको सवारीमा घण्टौ जनतालाई दुःख दिइएकोमा आपत्ति जनाइएको छ ।

गणतन्त्र आएपनि जनताको छोरा छोरी राष्ट्रप्रमुख र सरकार प्रमुख भएपनि सवारीको क्रममा आकाशमा घण्टौ जहाज रोकिने अवस्था आउनु दुःखद रहेको गुनासो गरे ।

प्रधानमन्त्री कुनै पनि देशको यात्रामा जाँदा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्न र उडन समेत नदिने अवस्था आएको, घण्टौं जहाज आकाशमा होल्ड हुने अवस्था आएको भन्दै सांसदहरुले गुनासो गरे ।

यस्तै राष्ट्रपतिको सवारीमा समेत घण्टौ यात्रुलाई रोकेर दुःख दिइएको भन्दै गुनासो गरे । सा.सद मैनाकुमारी भण्डारलिे गुल्मीमा बाँदरले दुःख दिएको भन्दै तत्काल बाँदर धपाउने व्यवस्था गर्न माग गरिन् ।

उता नेकपाका सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको सडक निर्माणमा नेपाली काँग्रेसका नेता रहेको भन्दै उनलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

डडेल्धुराका काँग्रेस नेता भीमप्रसाद साउदको कम्पनीको उक्त सडकको जिम्मा लिएको उक्त सडक निर्माणको जिम्मा लिएको भन्द्र प्रमुख प्रतिपक्षी दललाई समेत ध्यानकर्षण गराए ।


पुष्प दुलाल