सत्तारुढ दलकै सांसदले सरकारको आलोचना गरे, शुन्य समयमा उठाइएको विषयको सुनुवाई भएन



काठमाडौं । सत्तारुढ दलकै सांसदले सरकारको आलोचना गरेका छन् ।

शुन्य समयमा उठाइएका विषयलाई सरकारले कुनै सुनुवाई नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।

नेकपाका सांसद भवानीप्रसाद खाुपुङले शुन्य समयमा उठाएको कुरा सुनुवाई नभएको भएपनि बोल्नुपर्ने वाध्यता आफूहरुका लागि आइपरेको उनको भनाइ थियो ।

उनले तेह्रथुम जोडने सडक हिलाम्ये भएका कारण यात्रा गर्न कठिनाई भएको भन्दै गुनासो समेत गरे ।

यस्तै नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले चर्को जनदबाव पछि सरकारले गुठी विधेयक फिर्ता लिएको भन्दै अन्य विवादास्पद विधेयकहरु फिर्ता लिन माग गरे ।


पुष्प दुलाल