एसबिआई बैंकको २३ लाख रुपैयाँको चेक नसाटिएपछि पक्राउ परे खड्का



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैकिङ कसुरको अभियुक्त प्रमोद कुमार खड्कालाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार नेपाल एसबिआई बैंक गोंगबु शाखाको २०११५२४१४ नम्बर खाताको २३ लाख रुपैयाँको पैसा नभएको चेक प्रशान्त जैसवाललाई २०७४ कात्तिक ११ गतेको लागि काटेका थिए ।

उक्त मितिमा काटेको चेकमा नगद नभएको कारण साटिएको थिएन । खड्काले सापटी लिएको पैसा तिर्न नसकेपछि जैसवालले दिएको जाहेरीका आधारमा ब्यूरोले ४२ वर्षीय खड्कालाई असार ३ गते (हिँजो) चक्रपथबाट पक्राउ गरेको जनाएको छ ।

ब्यूरोका अनुसार खड्कालाई बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले वैशाख १६ गते १ महिना कैद र २३ लाख जरिवाना हुने ठहर भएको थियो ।

त्यसपछि फरार रहेका खड्कालाई उक्त फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको बताइएको छ ।


पुष्प दुलाल