जेलबाट छुटेपछि सुधीर बस्नेतले भने- अब मलाई समस्या छैन, पीडितको पैसा फिर्ता गर्छु



काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेत जेलबाट छुटेका छन् । बस्नेतलाई गत चैत २० गते बानेश्वरबाट पक्राउ गरेर महानगरीय अपराध महाशाखा टेकुमा राखेको थियो ।

बैशाख २ गते बस्नेत थुनामुक्त भएका हुन् । अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको थियो ।

सर्बोच्च अदालतको आदेश अटेर गर्दै सुधीर बस्नेतको सम्पत्ति लिलामी गर्ने समितिको निर्णय

पक्राउ परेलगत्तै बस्नेतका वकिलले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको थियो ।

तत्कालीन ओरेन्टल सहकारीका अध्यक्ष रहेका बस्नेतले विभिन्न कम्पनी स्थापना गरी होउजिङ तथा अपार्टमेन्ट बनाउन सर्वसाधारणबाट अर्बौं रकम उठाएका थिए । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न बनेको समितिले बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व देखिएको प्रतिवेदन तयार पारेको छ ।

‘मलाई काम गर्न दिइएन, बरु मेरो सम्पत्ति कब्जा गर्नतिर लागियो, जसकारण अहिलेसम्म पीडितहरुले न सम्पत्ति पाए न पैसा फिर्ता पाए,’ उनले भने, ‘मेरो निजी सम्पत्तिमाथिको अधिकार मैमाथि आएको छ । अब अपार्टमेन्टहरु बनाउँछु । र, पीडितको सम्पत्ति फिर्ता गर्छु ।’

अति म हत्वकांक्षाका कारण बस्नेत डुबेका थिए । त्यसपछि ओरेन्टल सहकारीलाई सरकारले समस्याग्रत घोषणा गरेको थियो ।

‘सम्मानित अदालतको आदेशमा बैशाख २ गते साँझ ५ बजे प्रहरीले थुनामुक्त गरेको छ,’ जेलबाट छुटेपछि बस्नेतले क्लिकमाण्डूसँग भने ।

ठगी आरोपमा यसअघि पनि पटकपटक जेल परिसकेका बस्नेतले आफूलाई जेल हालेर समस्याको समाधान नहुने बताए ।

‘०६९ सालदेखि मलाई काम गर्न दिइएन, अब म काम गर्छु’ बस्नेतले भने, ‘अदालतको आदेश अनुसार अब मैले भेगास सिटी र अरु अर्पाटमेन्टहरु बनाउन पाउने भएको छु, बनाएरै छाड्छु, समस्याको समाधान गरेरै छाड्छु ।’

सुधीर बस्नेतको कहाँ के-के छ सम्पत्ति ? (पूर्णविवरण)

आफ्नो नाममा रहेको निजी सम्पत्ति विभिन्न बहानामा राज्यले कब्जा गर्न खोजेको बस्नेतको आरोप छ ।

‘मलाई काम गर्न दिइएन, बरु मेरो सम्पत्ति कब्जा गर्नतिर लागियो, जसकारण अहिलेसम्म पीडितहरुले न सम्पत्ति पाए न पैसा फिर्ता पाए,’ उनले भने, ‘मेरो निजी सम्पत्तिमाथिको अधिकार मैमाथि आएको छ । अब अपार्टमेन्टहरु बनाउँछु । र, पीडितको सम्पत्ति फिर्ता गर्छु ।’


पुष्प दुलाल