सौर्य उर्जामा ६ अर्ब लगानी गर्न आएका कोरियन लगानीकर्ताको गुनासो- सरकारले वातावरण बनाएन



काठमाडौं । सरकारले यही चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गरिरहेको बेला कोरियाली लगानीकर्ताले भने आफूहरुले सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् ।

उनीहरुले नेपालको ऊर्जा क्षेत्रमा विशेष गरी सौर्य परियोजनामा लगानी गर्ने भन्दै सरकारका विभिन्न निकायसँग नियमित सम्पर्कमा रहेको भएपनि आफूहरुले वातावरण नपाएको गुनासो गरेका हुन् ।

दक्षिण कोरियाको केडी सोलार कम्पनीले नेपालमा करिब ६ अर्ब बराबरको लगानी गर्ने इच्छा व्यक्त गरेको छ । तर सरकारी निकायले आफूहरलाई दुःख मात्रै दिने गरेको उनीहरुको भनाइ छ ।

नेपालको ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्य राखेको भएपनि सरकारी निकायले चित्तबुझ्दो रुपमा सहयोग नगरेका कारण काम गर्न समस्या भएको उनीहरुको गुनासो छ ।

केडि सोलार कोरिया कम्पनीका प्रमुख कार्यकारी अधिृकत ली डोङ केयूले सरकारका विभिन्न तहका व्यक्ति तथा पदाधिकारीसँग छलफल गरेको, कुनै पनि हुमँदैन नभने पनि काम गर्न भने असाध्यै गाह्रो रहेको बताए ।

दक्षिण कोरिया र नेपालको सम्बन्ध लामो समयदेखि सुमधुर रहेका कारण पनि आफूहरु नेपालमा लगानीका लागि इच्छुक रहेको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत केयूले बताए । उनले भने नेपालको ऊर्जा क्षेत्रमा काम गर्ने ठूलो इच्छा छ, यहाँ बजार पनि छ ।

तर लगानीकर्तालाई जिश्वासमा लिएर काम गर्ने वातावरण भने नेपालमा बनी नसकेको उनले बताए ।

सो समूहका प्रमुख कार्यकारी अधिकृत लगायतले उपराष्ट्रपति नन्दकिशोर पुन, मभामुख कृष्णबहादुर महरा, सरकारी कर्मचारी तथा पूर्वमन्त्री जनार्दन शर्मासँग पनि भेट गरी नेपालमा लगानीको लागि आफूहरु तयार रहेको बताएका थिए ।

कोही कसैले पनि हुँदैन भन्ने तर सरकारी कर्मचारीले यिनीहरु किन आए भने जसरी प्रस्तुत हुने गरेको उनको भनाइ छ । विशेष गरी उनीहरुले रुकुममा सामाजिक सेवाका रुपमा निशुल्क नै सौर्य प्रणाली जडान गर्ने इच्छा व्यक्त गरेका छन् ।

रुकुमका जनता उज्यालो नपाएर अन्धकारकामा बसीरहेको थाहा पाउँदा आफूहरुलाई दुःख लागेको उनले बताए । सो क्षेत्रमा सामाजिक उत्तरदायित्वका साथ काम गर्न लागेको उनको भनाइ छ ।

यस्तै नेपालको सौर्य विद्युत्को मूल्य पनि असाध्यै कम भएको बताए । उनले चीन र भारतबाट सामान ल्याउँदा सस्तो पर्ने भएपनि कोरियाको जस्तो राम्रो र प्रभावकारी नहुने आफूहरुले अध्ययनको क्रममा देखेको बताए ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियूनिट ७ रुपैयाँ ४० पैसासम्ममा सौर्य विद्युत् खराीद गर्ने कार्यविधि पारित गरेको छ । सो आधारमा नेपालका सौर्य ऊर्जाको विद्युत् असाध्यै सस्तो भएको पाइएको छ ।

सौर्य ऊर्जामा कोरियाली कम्पनी राम्रो गुणस्तरको रहेको भन्दै नेपाल सरकारले वातावरण बनाए आफूहरु लगानीका लागि इच्छुक भएको उनले बताए ।

‘मुख्य विषय वातावारणको छ, त्यस क्षेत्रमा सरकारले कसरी व्यवहार गर्छ त्यो नै महत्वपूर्ण विषय हो,’ उनले भने ।

नेपालमा लामो समयदेखि जलविद्युत्को क्षेत्रमा काम गर्न आएको के वाटरले समेत सहज रुपमा काम गर्न नपाएको थाहा पाएको उनले बताए ।


पुष्प दुलाल