कुन बैैंकले कति कमाउन कति खर्च गर्छन् ? (सूचिसहित)



काठमाडौं । बैैंकहरुले जब अर्बमा नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गर्छन्, तब सबैको नजर लाग्छ त्यो नाफामा । ओ हो कति धेरै नाफा कमाएका होला ?

किनभने नेपालमा बैंकिङ क्षेत्र र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत अन्य क्षेत्रले मात्रै हरेक ३/३ महिनामा चौमासिक वित्तीय विवरण सार्वजानिक गर्छन् ।

नाफा त निजी क्षेत्रले पनि मनग्ये कमाएको छ । तर, उसले वित्तीय विवरण सार्वजानिक गर्दैन । यतिसम्म निजी क्षेत्रले कतिको कारोबार गर्छ, राज्यलाई कति कर तिर्छ, नाफा कति कमाउँछ ? यी कुनैपनि कुरा सर्वसाधारणलाई थाहा हुँदैन ।

त्यसैले पछिल्लो समय धेरैको नजर बैंकको नाफामा पर्ने गरेको छ । सर्वसाधारणको त कुरै छाडौं, निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरु पनि बैंकको नाफा धेरै भएको भन्दै विरोध गर्दै आएका छन् । ब्याजदर घटाउन व्यवसायीहरुले गरेको आन्दोलन यसैको एउटा उदाहारण हो ।

ती बैंकहरुले कसरी नाफा कमाए ? त्यति नाफा कमाउनका लागि के कति कारोबार गरे ? कति खर्च गरे ? यसको जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।

बैंकहरुले गरेको खर्च र नाफालाई विश्लेषण गरेर कुन बैंकको इफिसियन्सी कति छ भनेर पनि जान्न सजिलो हुन्छ । जसले थोरै खर्च गरेर धेरै नाफा कमाउँछ, त्यो बैंकको इफिसियन्सी बढी हुन्छ । जसले धेरै खर्च गरेर पनि कम नाफा कमाउँछ, त्यो बैंकको इफिसियन्सी कमजोर हुन्छ । लगानीकर्ताहरुले यसरी नै हेर्ने गर्छन् ।

लगानीकर्ताहरु चाहन्छन् आफ्नो संस्थाले कम खर्च गरेर बढी नाफा कमाओस् । जुनकुरा स्वभाविक पनि हो । कमाइभन्दा खर्च बढी भयो भने न त व्यक्ति टिक्नसक्छ न त संस्था नै ।
बैंक हरुले प्रकाशित गरेको पुस मसान्तसम्मको तथ्यांक हेर्दा के देखिन्छ भने कतिपय बैंकहरुले नाफाभन्दा बढी खर्च गरेको पाइएको छ ।

उदाहारणका लागि सरकारी स्वामित्वको कृषि विकास बैंकलाई लिऔं । यो बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाउन १ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, निजी क्षेत्रका प्रवद्र्धकद्वारा सञ्चालित सिभिल, प्रभु लगायतका बैंकहरुको पनि अवस्था यस्तै छ । प्रभु बैकले १ अर्ब ३३ करोड रुपैयाँ कमाउन १ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ भने सिभिल बैंकले ५१ करोड रुपैयाँ कमाउन ५४ करोड रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, सेञ्चुरी बैंकले ७४ करोड रुपैयाँ कमाउन ७३ करोड रुपैयाँ खर्च गरेको छ भने जनता बैंकले ९० रोड कमाउन ८५ करोड खर्च गरेकोछ ।

प्राइम, नविललगायतका बैंकहरुले कम खर्च गरेर बढी नाफा कमाएका छन् । प्राइमले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाउन जम्मा ५३ करोड रुपैयाँमात्रै खर्च गरेको छ । त्यस्तै नविलले ३ अर्ब ८ करोड कमाउन १ अर्ब ३८ करोड रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, १ अर्ब ६१ करोड रुपैयाँ कमाउन स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७७ करोड रुपैयाँ खर्च गरेको छ भने एभरेष्ट बैंकले २ अर्ब ४ करोड कमाउन १ अर्ब १७ कराड रुपैयाँ खर्च गरेको छ ।

एनआइसी एशिया बैंकले २ अर्ब १३ करोड रुपैयाँ कमाउन १ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।

Bank Loan (000) Deposits (000) Expenses (000) Operating Profit (000)
 SBL     97,507,052   106,384,918   1,097,373   1,521,943
 LBL     70,571,251     75,894,566      793,975   1,078,322
 KBL     70,772,203     75,448,539      735,790      966,063
 NICA   149,303,944   175,764,356   1,871,778   2,137,050
 MBL     74,653,510     85,176,247      961,348   1,152,463
 NBBL     51,403,457     52,471,689      687,496   1,051,705
 NCC      58,442,377     64,717,387      801,094   1,033,109
 EBL   105,927,470   124,177,926   1,175,928   2,043,057
 Nepal SBI     90,923,707     97,837,621   1,195,394   1,428,882
 BOK     73,538,302     80,218,277      887,812   1,048,767
 NABIL   130,710,675   149,382,011   1,383,247   3,083,687
 SCB     50,968,614     65,984,118      770,582   1,636,208
 NIB   127,416,902   142,106,652   1,234,305   2,843,763
 HBL     98,836,632   106,107,324   1,172,610   1,950,402
 CZBIL     60,474,435     65,124,281      772,656   1,086,471
 GBIME   102,408,455   113,175,953   1,310,446   1,741,175
 PCBL     72,604,017     76,727,057      535,316   1,511,911
 SRBL     67,753,770     76,062,607      910,292   1,135,904
 NMB      85,375,659     88,070,975   1,088,526   1,561,643
 PRABU     88,159,869   104,981,380   1,372,843   1,331,848
 JBNL     63,651,032     68,438,423      855,486      906,709
 MEGA     65,849,351     70,859,462      851,357   1,034,126
 CIVIL     43,550,637     43,084,586      540,966      510,932
 CCBL     58,898,024     64,127,818      734,895      740,240
 SANIMA     77,226,975     85,680,841      875,224   1,393,739
 NBL     85,798,472   105,678,286   1,500,210   2,312,489
 RBB   134,879,753   181,596,629   2,222,320   3,437,548
 ADB   107,312,576   110,132,753   1,964,930   1,785,783


पुष्प दुलाल