चिसोका कारण मधेश र कोशी प्रदेशको जनजीवन प्रभावित


बिराटनगर । केही दिनदेखि बढेको चिसोका कारण मधेश प्रदेश र कोशी प्रदेशको जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सु, चिसो हावा र पानीको झरीका कारण ति दुवै प्रदेशका बासिन्दाहरु प्रभावित भएका छन् । केहि दिनदेखि घामसमेत नलागेर शिललहर चलेका कारण दैनिक जनजिवन नै अस्तव्यस्त बन्न पुगेको छ । शितलहरका कारण ति दुवै प्रदेशको व्यापार व्यवसायसमेत ठप्प भएका छन् ।

मधेशको सर्लाही, महोत्तरी, धनुषा, बारा, सिराहा, सप्तरी र कोशी प्रदेशको मोरंग, सुनसरीलगायतका जिल्ला प्रभावित भएको छ । शितलहरबाट जोगिन स्थानीयबासीले घर अगाडी दाउरा वालेर घुर ताप्न थालेका छन् भने कतिपय स्थानमा नगरपालिका, गाउँपालिका, शसस्त्र प्रहरी र जनपद प्रहरीले दाउरा वालेर आगो ताप्ने व्यवस्था गरको छ ।

कोशी प्रदेशको इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए ।

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।

चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले जानकारी दिए ।

अत्यधिक चिसोका कारण सर्वसाधारण घरमै बस्न बाध्य भएका छन भने कतिपय विद्यालयले बिहिबारदेखि भोली आइतबारसम्मको लागि विद्यालयमा बिदा दिएका छन् । पशुपालन गर्ने किसानलाई पशु चौपायालाई खेत र जंगलमा लगेर चराउनसमेत समस्या भएको बताइएको छ ।