एटिएमले पैसा नदिए यसो गर्नुस्



काठमाडौं । एटिएम यतिखेर मानिसका लागि सामान्य जस्तै बनेको छ । पर्समा पैसा बोकेर हिँड्ने भन्दा पनि जहाँ पनि एटिमएम भेटिइहाल्छ, त्यहीँबाट पैसा निकालुँला । र, खर्च गरुँला भन्ने आम मानिसको चाहना र सोच बनिसकेको छ ।

तर कहिलेकाहीँ एटिएमले सहज रुपमा पैसा नदिने अवस्था पनि आउँछ । जब तपाईले एटिएम कार्ड एटिएम मेशिनमा राख्नु हुन्छ, तब पैसा भने नदिने ।

तर तपाईको खातामा भने पैसा काटिने जस्ता समस्या नभोग्ने मानिस सायदै होलान् । धेरै जसोले यस्तो समस्या भोगेका छन् । उनीहरुले समयमा नै बैंक तथा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क नगर्दा पैसा हराउने सम्भावना बढी रहन्छ । संसारभर नै एटिएमको यस्तै खराबी रहेको छ ।

नेपालमा त झन् एटिएम सेवा भन्दा पनि समस्याको रुपमा देखिएको छ । केही बैंकका एटिएम बाहेक धेरै जसो बैंकका एटिएमले समयमा पैसा नदिने र ग्राहकलाई दुःख र हैरानी मात्रै दिने गरेको पाइन्छ ।

धेरै जसो नागरिक भने एटिएमले पैसा दिएन ठिकै छ भनेर त्यत्तिकै छाडेर हिड्ने गर्दा खाताबाट पैसा हराईरहेको हुन्छ । धेरैले यस्तो विषयमा चाल समेत नपाएका हुन्छन् । फेरी उजुरी नै गर्न गए पनि लामो समयपछि जाने र पैसा फिर्ता नपाउने जस्ता समस्या पनि पर्ने गरेको छ ।

एटिएमले पैसा दिएन भने पैसा नआएको प्रमाणका लागि एटिएम मेशिनले दिने स्लिप साथमा राख्नुहोस । त्यसले तपाईले पैसा नआएको सहजै देख्न सकिन्छ । त्यो नै तपाईको सबैभन्दा राम्रो प्रमाण हो ।

यदि एटिएमले कुनै स्लिप दिएन भने पनि बैंक स्टेटमेन्ट हेर्नाेस् । तपाईंको खाता भएको बैंकमा गएर स्टेटमेन्ट चेक गर्नुस् र हेर्नोस् ।

बैंकको शाखामा गएर लिखित रुपमा आवेदन दिनुस् । र, एटिएमले दिएको स्लिप समेत त्यसमा राख्नुस । टान्जेक्सन स्लिप यसका कारण जरुरी हुन्छ कि त्यसमा एटिएम मेशिनको आइडी, स्थान , समय तथा बैंकको तर्फबाट प्राप्त भएको रेस्पोन्स कोड जस्ता महत्वपूर्ण सूचना रहेको हुन्छ ।

भारतमा एटिएम मेशिनका कारण ग्राहकले दुःख तथा हैरानी पाएको खण्डमा भने एक सातासम्म पनि कुने समस्याको सुनुवाई नगरेमा हरेक दिन जसो १०० रुपैयाँ भारु बराबरको जरिवाना हुने र गर्ने व्यवस्था गरिएको छ ।

यदि एक साता पछि सम्म पनि बैंकले ग्राहकको समस्याको सुनुवाई नगरे केन्द्रीय बैंक वा सम्वद्ध निकायमा उजुरी दिन पाउने व्यवस्था गरिएको छ । बैंकको ग्राह केन्द्रका कममेवार बनाउनु पनि जरुरी छ । नेपालमा पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढीरहेको छ । यस्तो अवस्थामा सबै बैंकका एटिएम सेवा सञ्चालनमा छन् । यतिखेर त कस्तो समेत भएको छ भने एटिएम नराख्ने हो भने बैंकको कारोवार नै नहुने अवस्था आएको छ ।

यस्तै एटिएम बुथमा सिसिटिभी समेत राखिएको हुन्छ । उक्त सिसिटिभीले समेत तपाईले एटिएम प्रयोग गरेको देखाइदिन्छ । जसका कारण पनि तपाईको पैसा हराउने सम्भवना कम रहन्छ । तपाईले एटिएम प्रयोग गर्दा पिन नम्बर तथा एटिएम कार्डको महत्वपूर्ण सूचना कोही कसैले पनि नदेख्ने गरी गर्नुस् । त्यसबाट तपाईको कारोबार सुरक्षित हुनसक्छ ।


पुष्प दुलाल