डेरी व्यवसायमा यसकारण विदेशी लगानी भित्र्याउनु हुँदैनः सुमित केडिया

138
Shares

डेरी क्षेत्रमा स्वदेशी उत्पादन र उत्पादकत्वकर्ताले नै बजारको माग अनुसार वस्तु दिन सकेका छन् । जब स्वदेशी कच्चापर्दाथ तथा स्वदेशी व्यवसायीको लगानीमा नै दुधको उपभोग्य वस्तु उत्पादन गर्न सकिरहेको अवस्थामा सरकारले विदेशीलाई लगानी गर भन्नु उचित होइन । डेरी पनि पोल्ट्री जस्तै आन्मनिर्भर बन्दै गइरहेको छ ।

नेपाली उत्पादन मार्फत् पोल्ट्री जस्तै गरी हामी आफैं नै माछा, मौरी , दुधमा आत्मनिर्भर बन्ने बाटोतर्फ अघि बढेका छौं । यस्तो अवस्थामा सो क्षेत्रमा विदेशी लगानी भित्र्याएर सरकारले समस्या पैदा गर्न खोजेको छ । सरकारले बुझनु पर्छ कि आफैं आत्मनिर्भर हुने विषयमा विदेशी लगानी शून्य प्रतिशत हुनुपर्छ अर्थात् विदेशी लगानी नै हुनु हुदैन ।

विदेशी लगानी देखि डराउनु पर्छ किनभने उनीहरुले उच्चतम नाफा बाहेक अरु केहि हेर्दैनन् ।

विदेशी लगानी आएमा शहरबाट गाँउमा पैसा जादैन । विदेश जान्छ । डेरी उधोगमा हाल ३० अर्बको लगानी छ । २० हजार भन्दा बढीले रोजगारी पाएका छन् । जसले गर्दा शहरबाट गाँउमा पैसा गएको छ । किसानहरुको आयआर्जनको बाटो बनेको छ । किसानहरुले दुध उत्पादन गर्छन्, डेरी व्यवसायीहरुले खरिद गर्छन् । र, विभिन्न डिलर हुदै उपभोक्ता सम्म पुग्छ । यसले व्यवसायी र किसानबीच एउटा बाटो निर्माण गरेको छ ।

हामी रकम ठीक्क पारेर राख्छौं किसानहरु दुध लिएर आउनु हुन्छ, हामी पैसा दिन्छौं । जसले गर्दा घरबाट बिहान दुघ लिएर हिँडेका किसानहरु दिउँसो घर पुगेर पैसा थन्काउन भ्याँउछन् । यति राम्रो सम्वन्ध व्यवसायी र किसानबीच छ । यदि विदेशी लगानीकर्ता आएमा अर्थात् छिमेकी मुलुक भारतीय व्यवसायी आएमा यो प्रक्रिया नै टुगो लाग्नुको साथै नेपाली किसानहरु अन्य काम खोज्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

चर्चामा आए अनुसार भारतीय कम्पनी अमूलले डेरी क्षेत्रमा हात हाल्न खोजेको छ । र, सरकारले साथै दिँदैछ । यदि अमूल आएमा उसले नेपाली दुधभन्दा भारतीय दुध प्रयोग गर्छ किनकि नेपाली दुधको तुलनामा भारतीय दुध सस्तो छ । जसको असर नेपाली व्यवसायी र किसानलाई पर्न जान्छ ।

सुमित केडिया

बजार हेर्नुहोस् डेरीको वस्तुहरुमा नेपाली व्यवसायीले नै धानी रहेका छन् । बजारमा माग भए अनुसार ८० प्रतिशतभन्दा बढी उत्पादन हाल नेपाली व्यवसायीहरुले परिपूर्ति गरिरहेका छन् । शतप्रतिशत बजारको मागलाई पूर्ति गर्नका लागि डेरी व्यवसायीहरु लागिरहेका छौं ।

नेपाली लगानी हुदाँ उत्पादनकर्ता र लगानीकर्तालाई फाइदा हुनुको साथै मुलुकलाई सबैभन्दा बढी फाइदा पुग्छ ।

व्यवसायीहरुको निरन्तर प्रयासले गर्दा हामी छिटो भन्दा छिटो आत्मनिर्भर तथा माग अनुसारको आपूर्ति गर्न सक्नेमा हामी ढुक्क छौं । त्यसैले बजार अनुसारको माग पूर्ति गर्न सक्ने हुदाँ यस क्षेत्रमा विदेशी लगानी र उत्पादन आवश्यक छ जस्तो लाग्दैन । डेरी क्षेत्रमा विदेशी लगानी आउनका लागि माग अत्याधिक रहेर पूर्ति गर्न नसकेको अवस्था भए छुटै विषय हुने थियो । त्यसैले आत्मनिर्भर बन्ने तर्फ उन्मूख भइरहेको डेरी व्यवसायलाई सरकारले सहयोग गर्नुको साट्टो विदेशी लगानी भित्र्याउन खोज्नु दुखद हो ।

पोल्ट्रीमा जस्तै दुध, माछा, माउरीमा नेपाल आत्मनिर्भर बन्दैछ । यसलाई सरकारले सहयोग गर्नुपर्छ हस्तक्षेपकारी भूमिका होइन । हाल डेरी क्षेत्रमा विदेशी लगानी भित्राउने कुराले सरकार देखेर अचम्ममा परेको छु । जसरी सरकारले संघीय संसदमा दर्ता गरेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ को अन्तिम बुदाँमा विदेशी लगानी खुला नगरिएको उधोग वा व्यवसाय भनेर पोल्ट्री फर्म लगायत अन्य विषयहरु समावेश गरेको छ त्यसमा डेरी राख्नु पर्छ । सो सूचीमा डेरी मात्र होइन माछा, माहुरी लगायतका अन्य आत्मनिर्भर हुने वस्तु तथा सेवाहरु समेत सरकारले थप गर्नुपर्छ ।

मुलुक आफैं आत्मनिर्भर हुने वस्तु तथा सेवामा विदेशी लगानीको लागि छुट दिनु हुँदैन।

अन्य विविध क्षेत्रहरुमा सरकारले विदेशी लगानी गर्न छुट दिएको छ । तर, मुलुक आफैं आत्मनिर्भर हुने वस्तु तथा सेवामा विदेशी लगानीको लागि छुट दिनु हुँदैन।

नेपाली लगानी नै किन ?

नेपाली लगानी हुदाँ उत्पादनकर्ता र लगानीकर्तालाई फाइदा हुनुको साथै मुलुकलाई सबैभन्दा बढी फाइदा पुग्छ । देशको कुल ग्राहस्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ त्यसमा दुध क्षेत्रले नौ प्रतिशत दिएको छ । नेपालीहरुले आफनो उत्पादनकर्ता हुन् भनेर थोरै नाफामा भए पनि उत्पदानकर्ताको सामग्री लिन्छन् । नेपालमा हाल एकहजार ८ सय ५० डेरी उद्योग क्रियाशिल रहेको छ । जस्तो डेरी व्यवसाय सञ्चालन गर्नका लागि दुघ मुख्य कच्चापदार्थ हो । हामीले किसानहरुबाट ४ देखि ६ रुपैयाँ मात्र नाफा लिएका छौं । यदि भारतीय दुघ प्रयोग गर्ने हो भने यो नाफा अझै बढ्न जान्छ ।

हामी त आफनो मुलुकको कच्चा पदार्थ छोडेर विदेशी कच्चा पदार्थ प्रयोग गर्ने कुरा हुँदैन । तर विदेशीले यसलाई ध्यान दिदाँ उनीहरुको पहिलो प्राथमिकता भनेको नाफा मात्र हुन्छ । अर्को कुरा भनेको हामीले उत्पादन गर्ने भनेको प्रविधि र मानव स्रोतको प्रयोग गरेर । सबैलाई थाहा छ प्रविधिको प्रयोग गर्दा मानव स्रोत कम लाग्छ र सस्तो पर्छ ।

तर, त्यसले बेरोजगारी समस्या बढाउँछ हामी यो कुरालाई ख्याल गर्दै रोजगारीलाई समेत ख्याल गर्दै अघि बढेका छौं । हाल डेरी व्यवसाय भएकै कारण ५ देखि ६ लाख परिवारले रोजगारी पाएका छन् । स्वदेशी श्रम, पुँजी स्वेदश मै खपत भएको छ तथा मुलुकको विकासलाई समेत सहयोग पुगेको छ । अर्कोतर्फ विदेश जानबाट नागरिकलाई रोकेको छ ।

विदेशी लगानी देखि किन डराउनु पर्ने ?

विदेशी लगानी देखि डराउनु पर्छ किनभने उनीहरुले उच्चतम नाफा बाहेक अरु केहि हेर्दैनन् । डेरी क्षेत्रमा भारतीय अमुल कम्पनी आउने भन्ने चर्चा छ । उसले प्रविधि र सस्तो दुधको प्रयोग गर्छ । यो भनेको भारतीय दुध र प्रविधि हो । जसले गर्दा नेपाली किसानहरु मारमा पर्छन । नेपाली किसानका दुध उनीहरुले किन्दैनन् किनकि नेपाली दुध भन्दा भारतीय दुध सस्तो छ । नेपाली र भारतीय दुधमा प्रतिलिटर ७/९ रुपैयाँको फरक छ । अर्थात् भारतको भन्दा नेपाली दुघ प्रतिलिटर ७/९ रुपैयाँ बढी छ ।

अर्को विषय भनेको सरकारले विदेशी लगानीको लागि धेरै क्षेत्रहरु खुल्ला गरेको छ । अन्य धेरै क्षेत्रहरु हुदाँ हुदै किन डेरी क्षेत्र खुला गर्यो । सरकारले बुझन सकिएको छैन । विदेशी लगानीको लागि पर्यटन, उर्जा, उत्पादनमुलुक लगायतका विभिन्न क्षेत्र छ सरकारले किन डेरी क्षेत्रमा विदेशी लगानी भित्र्याउन खोजेर के गर्न खोजेको थाहा भएन । (कुराकानीमा आधारित)