भेरी बबई डाइभर्सन आयोजनामा मेशिनको क्रान्तिः १५ महिनामै ११ किलोमिटर सुरुङ



काठमाडौं । नेपालमा पहिलो पटक टनेल बोरिङ मेशिन(टिबिएम)को प्रयोग गरेर निर्माण भइरहेको भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अब अन्तिम चरणमा पुगेको छ । कूल १२ किलोमिट लामो सुरुङको हालसम्म करिब ११ किलोमिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

आयोजनाकाअनुसार हालसम्म १०.८ किलोमिटर सुरुङ निर्माण भएको छ । अब बाँकी मात्रै १.४ किलोमिटर सुरुङ खन्न बाँकी रहेको छ । दिन रात भ्नभनीकन सुरुङ निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

नेपालमा पहिलो पटक प्रयोग गरिएको टिबिएम मेशिनको प्रयोग सफल भएको छ । यसले अन्य आयोजनामा समेत सहज रुपमा सुरुङ खन्ने वातावरण बनाएको छ ।

नेपालका अन्य आयोजनामा पनि अब सुरुङ निर्माण प्रक्रियामा टिबिएमको प्रयोग हुने सम्भावनालाई बढावा दिएको छ । गत सालको कात्तिक २० गतेदेखि सुरुङ खन्न सुरु भएको हो । यस वर्षको कात्तिकमा एक वर्ष भएको हो ।

करिब १७ महिनामा १२ किलोमिटर भन्दा लामो सुरुङ निर्माण हुने चरणमा पुगेको हो । अमेरिकन प्रविधिको चीनमा जडित मेशिनको प्रयोग पछि अन्य जलविद्युत् तथा सिँचाईका आयोजनामा समेत टिबिएमको प्रयोग बढ्ने देखिएको छ ।

यसले नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा टिबिएम प्रयोगलाई बढावाा मात्रै दिएको छैन, मेशिनको प्रयोगले काम छोटो समयमा नै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ ।

सोही आयोजनामा टिबिएमको सफल प्रयोग पछि नेपाल विद्युत् प्राधिकरणको निर्माण गर्न लागेको दुधकोशीमा समेत टिबिएमको प्रयोग हुने भएको छ । त्यसको लागि समेत आवश्यक प्रक्रिया सुरु भइसकेको छ ।

तर टिबिएमले सुरुङ निर्माणको काम आगामी चैतसम्म सम्पन्न गर्ने भएपनि आयोजनाको बाँध तथा विद्युत् गृह निर्माणको काम भने सोच अनुसार अगाडि बढ्न सकेको छैन ।

नेपालमै पहिलो पटक बहुउद्देश्यिय स्वरुपमा निर्माण हुन लागेको आयोजनाको बाँध र विद्युतगृह निर्माणको कामले पनि उत्तिकै गतिमा काम भएको भए आगामी एकदेखि डेढ वर्षभित्र सो आयोजना सम्पन्न हुने चरणमा पुग्ने थियो ।

आयोजनाले केही समय पहिले मात्रै बाँध तथा विद्युत् गृह निर्माणका लागि ठेक्का आह्वान गरेको छ । नियमित प्रक्रियाबाट काम भए मात्रै चालु आर्थिक वर्षको अन्त्यदेखि मात्रै सो आयोजनाको बाँध तथा विद्युतृ गृह निमाृ०ाले गति लिने छ ।

बपिर्दया जिल्लाको ४१ हजार हेक्टरमा सिँचाई सुविधा उपलब्ध गराउने र कूल ४८ मेगावाट विद्युत् निकाल्ने लक्ष्यका साथ आयोजनाको काम अगाडि बढाइएको हो ।

नेपालका अधिकाशं आयोजना समस्यामा रहेको बेला भेरी बबई डाइभर्सन आयोजनाले गति लिएको भन्दै सन्तोष समेत व्यक्त भएको छ ।

आयोजनाका प्रमुख सञ्जिव बरालले टिबिएमको प्रयोगका कारण आयोजनाले गति लिएको व्श्विास व्यक्त गरे । उनले बाँध तथा विद्यृत गृह निर्माणको कामले समेत छिट्टै गति लिने विश्वास व्यक्त गरे ।

भेरीको पानीलाई बबई नदीमा झारेर त्यसबाट विद्युत् उत्पादन गर्ने र सिँचाइ समेत उपलब्ध गराउने सरकारको लक्ष्य राखेको छ । त्यसबाट बर्दियाको खेतीयोग्य जमिनमा १२ महिना नै सिँचाइ सुविधा उपलब्ध हुने र कृषि उपजको उत्पादनमा गुणात्मक फड्को मार्ने विश्वास लिइएको छ ।


पुष्प दुलाल