ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता



काठमाडौ । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच सहकार्य गर्ने सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई ओम अस्पतालमा स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको देखाइ परिचय पत्र देखाई यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


पुष्प दुलाल