नेपाली बजारमा आयो बजाजको पल्सर एनएस-१६०, पौने ३ लाख मूल्य, के के छन् विशेषता ?



काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

२ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा उपलब्ध यो बाइकको मूल्य २ लाख ८६ हजार ९०० रुपैयाँ पर्छ । उक्त बाइकलाई चार कलर भेरिएन्टमा ल्याईएको छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एंड ग्लसी पेव्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषित गर्न मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।

एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ

पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको कम्पनीले जनाएको छ ।

‘प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हो । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ, त्यसले सधै आफुलाई अब्बल प्रमाणित गर्दै आएको छ ।’ हंशराज हुलासचन्द र कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।


पुष्प दुलाल