बैंकबाट दैनिक १ अर्ब रुपैयाँ ऋण लिन्छन् नेपाली



काठमाडौं । तपाईंले बैंकबाट ऋण लिनु भएको छ ? पक्कै पनि तपाईंहरुमध्ये निकै कमले मात्रै बैंकबाट ऋण लिएको हुनुपर्छ ।

किनभने ३ करोड नेपालीमध्ये ९५ प्रतिशतभन्दा बढीले बैंकबाट ऋण लिएका छैनन् ।

तर, ३ करोड नेपालीमध्ये ४० प्रतिशत अर्थात् झन्डै डेढ करोड नेपालीले बैंकमा खाता खोलेर आफूले कमाएको पैसा बैंकमा राख्ने गरेका छन् ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख भएअनुसार नेपालीहरुले दैनिक १ अर्ब रुपैयाँ ऋण लिने गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा बैंकहरुले ३ खर्ब ७६ अर्ब रुपैयाँ ऋण दिएका छन् । जसलाई ३६५ दिनले भाग गरेर औषत निकाल्दा नेपालीहरुले दैनिक १ अर्ब ३ करोड रुपैयाँ ऋण लिएको देखिन्छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) कम नहुँदो हो त यो रकम अझ बढी हुन्थ्यो ।

गत आर्थिक वर्षसम्ममा वाणिज्य बैंकहरुले २१ खर्ब ११ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए । अघिल्लो आर्थिक वर्षमा भने बैंकहरुले १७ खर्ब ३५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए ।

गत आर्थिक वर्षसम्ममा वाणिज्य बैंकहरुले २४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा २० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

एक वर्षको अवधिमा बैंकहरुले ३ खर्ब ५० अर्ब रुपैयाँले मात्रै निक्षेप बढाएका छन् । जबकी यो एक वर्षको अवधिमा बैंकहरुले ३ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

दैनिक १ अर्ब ३ करोड रुपैयाँ ऋण लिने नेपालीहरुले दैनिक ९६ करोड रुपैयाँ मात्रै बैंकमा जम्मा गर्ने गरेको तथ्यांकले देखाउँछ ।

बैंकहरुले कुन महिना कति निक्षेप संकलन गरे ?

Deposit (in Billions)
Months FY 2072/73 FY 2073/74 FY 2074/75 FY 2075/76
Monthly increment Total Monthly increment Total Monthly increment Total Monthly increment Total
Shrawan 1451 4 1756 19 2106
Bhadra 15 1466 31 1787 21 2127
Ashoj 22 1488 36 1824 15 2142
Kartik 19 1507 4 1828 23 2165
Mangsir 22 1529 21 1848 28 2193
Poush 15 1544 58 1907 21 2214
Magh 43 1587 35 1941 -6 2208
Falgun -4 1583 3 1944 11 2219
Chaitra 31 1614 6 1950 49 2268
Baishak 0 1614 5 1955 25 2293
Jestha 0 1614 9 1964 43 2336
Ashad 138 1752 123 2087 101 2437

बैंकहरुले कुन महिना कति ऋण दिए ?

Lending ( in Billions)
Months FY 2072/73 FY 2073/74 FY 2074/75 FY 2075/76
Monthly increment Total Monthly increment Total Monthly increment Total Monthly increment Total
Shrawan 1081 12 1398 -3 1732
Bhadra 27 1108 41 1439 31 1763
Ashoj 14 1122 24 1463 24 1787
Kartik 17 1139 28 1491 36 1823
Mangsir 5 1144 25 1516 47 1870
Poush 12 1156 74 1590 52 1922
Magh 36 1192 35 1625 25 1947
Falgun 32 1224 4 1629 15 1962
Chaitra 31 1255 27 1656 40 2002
Baishak 0 1255 9 1665 21 2023
Jestha 0 1255 1 1666 40 2063
Ashad 131 1386 69 1735 48 2111


पुष्प दुलाल