मौद्रिक नीतिः बैंकका कर्मचारीको क्षमता बढाउन तालिम अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न अनिवार्य रुपमा तालिम प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बुधबार सार्वजानिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीलार्इ अनिवार्य तालिम दिनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थामा नियुक्ती भएको दुर्इ वर्ष भित्रमा बैंकिङ तालिम दिनुपर्ने छ ।

कर्मचारीको क्षमता बढे मात्रै बैंकिङ क्षेत्र अझ प्रभावकारी हुने गभर्नर डा. चिरञ्जीबी नेपालले बताए ।

 

यसअघिको मौद्रिक नीतिमै बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम कर्मचारीको तालिमको लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो।

 


पुष्प दुलाल