नाडा अटो शोमा नगददेखि युरोप घुम्न जानेसम्मका योजना



काठमाडौं । नाडा अटो शो २०१७ मंगलबार देखि भृकुटीमन्डपमा जारी छ । पाँच दिनसम्म चल्ने अटो शोलाई केन्द्रित गरेर सवै सहभागि बिक्रेताहरुले उपभोक्ताको लागि छुटै छुट घोषणा गरेका छन् ।

अफरमा मोवाइल, स्कुटर, मोटरसाइकल, नगद छुटको साथै युरोप घुम्ने सम्मका योजना गाडी बिक्रेताहरुले योजना सार्वजनिक गरेका छन् ।

आइतबारसम्म संचालन हुने अटो शो मा व्यवसायीका १ सय ३० स्टल छन् । प्रदर्शनीमा १६ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे, ६ ब्रान्डका हेबी इक्विपमेन्ट र ८ ब्रान्डका लुब्रिकेन्टहरु सहभागी छन् । ४ ब्रान्डका टायर, ४ ब्रान्डका ब्याट्री र ग्यारेज इक्विपमेन्ट पनि राखिएको जनाइएको छ । १० वटा बैंक तथा वित्तीय संस्था, दुईवटा बिमा कम्पनीको पनि सहभागिता छ ।

हुन्डाइको ‘दशैं तिहार गेट सेट गो’ अफर

नाडा अटो शो २०१७ मा हुन्डाइका ६ वटा गाडी प्रर्दशनीमा राखिएका छन् । इओन, ग्राण्ड आइटेन, आइ ट्वान्टी एक्टीभ, भर्ना, क्रेटा र न्यु टुसान गाडी प्रर्दशनीमा राखिएको छ । कम्पनीले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘दशैं तिहार गेट सेट गो’ अफर ल्याएको छ ।

अफर अन्तर्गत हरेक नयाँ हुन्डाइ गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको बिमा साथै ५६ जनाले सामसुङ ग्यालेक्सी एस सिक्स एज र बम्परमा हुन्डाई क्रेटा जित्ने अवसर छ । लक्की ड्र अन्तर्गत सय जनालाई एक एक तोला सुन दिइने हुन्डाइको अफर रहेको छ ।

फोर्डको उपहार योजना

जीओ अटोमोबाइलले नाडा शोमा न्यु फिगो, इको स्पोट्र्स, इनडियभोर लगायतका गाडी प्रर्दशनीमा राखेको छ । कम्पनीका अनुसार गाडी खरिदमा गिफ्ट, नगद छुट र केटिएम डुक बाइकको व्यवस्था गरिएको छ । साथै भेस्पा स्कुटर, आइफोन, क्यामरा, सामसुङको एलइटी टिभी गाडी खरिदमा दिइने छ ।

डाटसनमा नगद छुट

डाटसनले यसपालिको अटो शोमा रेडी गो, गो प्लस, रेडि गो एसको लिमिटेड अडिसन राखेको छ । रेडी गो एसको लिमिटेड अडिसन सार्वजनिक गरेकोे छ ।

नाडा अफरमा रेडि गो एस लिमिटेड खरिदमा ७६ हजार छुट, ६ दशमलव ९९ प्रतिशत ब्याजदरमा बैंक ऋण, महिनाको २२ हजार ९ सय १८ रुपैयाँमा किस्ता सुविधा, ७ वर्षको समयावधि समय तोकेको छ ।

गाडीको मोडल अनुसार त्यसमा छुटको समेत व्यवस्था गरिएको छ ।

टाटाको को जोडीलाई युुरोप भ्रमण योजना

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा आफ्ना ४ वटा उत्पादन राखेको छ । केही दिनमात्र अघि सार्वजनिक गरेको टियागोको साथै उसले बोल्ट, स्ट्रोम र जेस्ट कार शोमा राखेको छ ।

नाडा स्किम भन्दै उसले यामाहाको एफजेडएस मोटरसाइकल, ५० हजार छुट र गाडी खरिदमा ४ दशमलव ९ प्रतिशत व्याजदर ल्याएको छ । साथै एक जोडीलाई युरोप भ्रमणको पनि राखिएको छ ।

महिन्द्राको १ लाख छुट

अग्नी इन कर्पोरेटले नाडा शोमा ३ वटा गाडी राखेको छ । महिन्द्रा केयुभी सयकोे ७ वटा मोडेल, महिन्द्रा टियुभी ३०० का ३ वटा मोडेल र महिन्द्रा एक्सयुभी ५०० को ५ वटा मोडल उसले बिक्रीका लागि राखेको छ ।

महिन्द्रा केयुभी १०० को सुरुवाती मूल्य २६ लाख ९५ हजार छ भने महिन्द्रा टियुभीको २६ लाख ९५ हजार छ। महिन्द्रा एक्सयुभी ५०० को सुरुवाती मूल्य ५० लाख ५० हजारदेखि ७० लाख ९५ हजारसम्म छ । केयुभीमा १ लाख २५ हजार छुट, ४ वटा सर्भिस कुपनको व्यवस्था गरेको छ । एक्सयुभी खरिदमा १ लाख र टियुभी खरिदमा १ लाख ५० हजारसम्मको छुट ल्याइएको छ ।

निशानको ५ लाख सम्म छुट

अटो शो मा निशानले माइक्रा एक्टिभ, माइक्रा एक्स एल, माइक्रा एक्स एल ओ, सन्नी, नभारा डि ४० एलइ, अल न्यु अभारा, उरवान, एक्स ट्राइल मोडलका गाडीहरु प्रर्दशनीमा राखिएको छ । २८ लाख ५० हजारदेखि १ करोड १५ लाखसम्मका गाडी नाडा शोमा राखिएको छ । गाडी खरिदमा मोडल अनुसार छुटको व्यवस्था गरिएकोछ । २ लाख ५० हजारदेखि ५ लाखसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।
होन्डाको २ लाख सम्म छुट

डोन्डाले यसपालि बिआरभी, अमेज, ब्रियो ज्याज लगायतका गाडी प्रर्दशनीमा राखेको छ । २६ लाख २५ हजारदेखि होन्डाको ५३ लाखसम्मका गाडी खरिद गर्न सकिन्छ । गाडी खरिदमा मोडेल हेरेर छुटको व्यवस्था गरेको बताईन।उनका अनुसार गाडीका मोडेल हेरेर १ लाख देखि २ लाखसम्म छुटको व्यवस्था गरिएको छ ।

कियाको १ लाखसम्म छुट

कियाले पिकान्टो १ हजार सिसि, नयाँ स्पोर्टीज र कार्निभल गाडी शो खमा राखेको छ । २१ लख ४५ हजारदेखि ७६ लाखसम्मका गाडी बेच्न राखेको छ । कियाको गाडी खरिदमा १ लाख छुटको व्यवस्था छ । साथै २ वर्षसम्म सर्भिसिङ फ्रि गरिदिने, जेनरल मेन्टीनेन्सका पाटर्सहरु निशुल्कको योजना रहेको छ ।

 

रेनोको ‘दशै तिहार अफर’

नाडा शोमा रेनोका पेट्रोल र डिजेल इन्जिनका गाडीहरु राखिएका छन् । आरएक्सइ ८ सय सिसिदेखि आरएक्सजेड प्लस एडब्लुडी १५ सय सिसिका गाडीहरु बिक्रीका लागि राखिएका छन् । मोडेल अनुसार ६० हजारदेखि १ लाख २५ हजारसम्म छुटको व्यवस्था गरिएको छ । यो छुट नाडा शो र दशैं तिहारसम्म मात्र पाइने कम्पनीले छ ।

फक्सवागनको गाडीमा २ लाखसम्म छुट

फक्सवागनका पोलो, अमिओ, भेन्टो, बेल्टी टिगुआन गाडी खरिदका लागि नाडा शोमा राखेको छ । २७ लाख ४५ हजारदेखि १ करोड २ लाखसम्मका लागि विक्रीका लागि राखिएको छ । पोलोका ५ वटा मोडल, अमिओको २ वटा, भेन्टोको ६ वटा मोडल विक्रीका लागि शोमा राखिएको छ । गाडीको माडेल अनुसार खरिदमा १ लाख ४५ हजारदेखि २ लाखसम्म छुटको व्यवस्था गरिएको छ ।

सुजुकीको ३ लाख सम्म छुट योजना

सुजुकीका ९ लाख ९० हजारदेखि ४४ लाख ३९ हजारसम्मका गाडीहरु विक्रीका लागि राखिएको छ । ओम्नी कार्गो भ्यानदेखि ब्रेजा जेडडीआइ प्लस सम्मका गाडीहरु शोमा राखिएको छ । सुजुकीको गाडी खरिदमा २५ हजारदेखि ३ लाख ११ हजार सम्म छुट योजना अटो शोमा ल्याइएको छ ।

टोयोटाको पूराना गाडीमा नयाँ गाडी खरिद योजना

टोयोटाका ३ वटा गाडी बिक्रीका लागि राखिएको छ । इनोभा क्रिष्टा, न्यु र्याभ फोर लगायत गाडी शोमा राखिएका छन् । इनोभा क्रिष्टा ४ वटा मोडलमा उपलब्ध छ । पूराना गाडीमा नयाँ गाडी खरिद गर्न सक्ने अफर टोयोटाले दिएको छ । साथै ग्राहकहरुलाई नगद छुटको पनि व्यवस्था गरिएको छ ।

फियाटको ४.६ प्रतिशत व्याजदर

फियाटका ५ वटा गाडी नाडा शोमा छन् । फियाट पुन्टो पियोर, पुन्टो एभो, अर्वाथ, न्यु लिनिभा र फियाट एभेन्चुरा गाडी प्रर्दशनीमा राखिएको छ । २८ लाख ८९ हजारदेखि ४३ लाख ७५ हजारसम्मका गाडी बिक्रीका लागि राखिएको छ । गाडी खरिदमा ४ दशमलव ६ प्रतिशत ब्याजदरमा लोनको व्यवस्था ८ वर्षका लागि गरिएको छ ।


क्लिकमान्डु