गृह जिल्लाको हारलाई जनताको आदेशका रुपमा स्वीकारनेः बाबुराम भट्टराई



काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखाको पालुङटार हारलाई जन आदेशका रुपमा स्वीकारने बताएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले टुवीटर मार्फत पार्टीलार्ई शिशुको संज्ञा दिदै लामो राजनीतिक यात्रामा लड्दैपड्दै दौडन सिक्न जन आदेश स्वीकारेको दाबी गरेका हुन् ।

बाबुराम भट्टराईको टुइट यस्तो छः नवजात शिशु नयाँ शक्तिलाई लड्दैपड्दै दौडन सिक्ने र वैकल्पिक राजनीतिकको लामो यात्रा तय गर्न जनताले दिएको आदेशलाई हामी विनम्रतासाथ स्वीकाछौं!

भट्टराईको निर्वाचन क्षेत्र रहेको पालुङटार नगरपालिकामा काँग्रेसका उम्मेदवार मेयर पदमा विजयी भएका छन् । उनको पार्टी र संघीय समाजवादी फोरमबीच तालमेलका उम्मेदवार तेस्रो हुन पुगे ।


पुष्प दुलाल