कमल थापाले भनेः जनादेश स्वीकार गछौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले निर्वाचनको परिणामलाई स्वीकार गरेका छन् । अध्यक्ष थापाले आफ्नो ट्वीटमार्फत निर्वाचनको परिणामलाई सर्हष स्वीकार गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म धादिङको रुवी भ्याली गाउँपालिकामा मात्र चुनाव जितेको छ । एमालेसँग उपप्रमुखमा सहकार्य गरेको काठमाडौं र ललितपुर महानगरपालिमा पनि राप्रपाको उम्मेदवारको मत संख्या एमालेको उम्मेदवारको तुलनामा निकै कम देखिएको छ ।

चुनाव आफ्नो पार्टीको पक्षमा नआउने आभाषसँगै अध्यक्ष थापाको ट्वीट यस्तो छः राप्रपालाई मतदिने जनतामा आभार । परिणाम अनपेक्षित भएपनि जनादेश स्विकार गछौं । बिचलित हुदैनौं, आत्मसमीक्ष गछौं, थप मिहेनत गछौं ।


पुष्प दुलाल