काठमाडौं महानगरपालिकाको मतगणना तीब्र पारिदै, ८३ कर्मचारी थपियो




काठमाडौं । काठमाडौं महानगरपलिकाको मतगणना तीब्र गतिमा हुने भएको छ । मत गणना तीब्र बनाउनका लागि निर्वाचन आयोगले ११ स्थानमा मत गणना गर्ने भएको हो ।

सोमबार देखि सुरु भएको मतगणना कछुवाको गतिमा भइरहेकाले निर्वाचन आयोगले तीब्र बनाउनका लागि ११ स्थानमा गन्ने भएको छ । ११ स्थानमा मतगणना गर्नका लागि निर्वाचन आयोगले ८३ कर्मचारी पनि थप गरेको छ ।

११ स्थान र ८३ कर्मचारी थपसँगै महानगरको मतगणना तीब्र गतिमा हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।


पुष्प दुलाल