भोट हाल्न हिडेर जानु पर्ने, गाडी चलाए प्रहरीको फन्दामा




काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन हुने ३४ जिल्लामा बैशाख ३१ गते सवारी साधन चलाउन नपाइने भएको छ ।

मतदानका दिन अत्यावश्यक सवारी साधन, सुरक्षा निकाय, एम्बुलेन्स र प्रेसले निर्वाचन आयोगबाट स्वीकृति लिएर साधन चलाउन सक्ने छन् ।

मतदानका दिन निजी तथा प्राइभेट गाडी गुड्न नदिन निर्वाचन आयोगबाट निर्देशन आएको ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।

‘मतदानका दिन कुनै पनि गाडीलाई सडकमा गुड्ने अनुमति छैन, यदि कसैले अटेर गरेर गुडाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने छ,’ मल्लले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल