गैंडाकोटलाई सम्मृद्ध बनाउने एमाले मेयरका उम्मेद्वारको घोषणा



नवलपरासी । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आफूले चुनाव जिते गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेद्वार रहेका उनले गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् ।

‘उपलब्ध पूर्वाधारहरुको समुचित उपयोग गरेर जलर धार्मिक पर्यटनको विकास गर्दै गैंडाकोट नगरलाई सुन्दर र नमुना नगरको रुपमा विकास गर्ने मेरो योजना छ,’ पौडेलले भने ।

गैंडाकोटको उत्तरी क्षेत्र हुँदै बग्ने कालीगण्डकी नदीबाटविद्युतउत्पादन गर्ने र त्यही पानीबाट समग्र गैंडाकोट नगरपालिकाको सिँचाई व्यवस्थापन मिलाउने योजना रहेको उनले सुनाए ।

‘गैंडाकोट आफैंमा औधोगिक नगरी पनि हो, अस्थिर राजनीतिले यहाँका उद्योगधन्दा कलकारखाना विस्थापित भएका छन् तर पनिऔधोगिक चेतना यहाँका नागरिकमा उच्च छ,’ उनले भने,- ‘यो चेतनालाई स्वउद्यशीलताको विकासमा लगाउँदै रोजगारी सिर्जना गर्दै युवायुवतीकोस्थानीय श्रमलाई यही स्थानमा उपयोग गरेर यो ठाउँलाई आर्थिक रुपमा समृद्व नगर बनाउने प्रण गरेको छुँ, यो प्रण साझा हो, सबै गैंडाकोट नगरवासीको हो ।’

राष्ट्रिय जनमोर्चा र राप्रपासँगको तालमेलपछि आफ्नो समूहले नै चुनाव जित्ने दाबी गरे ।

२०३१ सालमा पश्चिम नेपाल अन्तर्गत पर्ने कालुंगखोलामा जन्मिएका पौडेल ०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट साविकको आदर्श गाउँ विकास समिति गैंडाकोटको अध्यक्ष पदमा चुनाब हारेका थिए ।


पुष्प दुलाल