वर्षमानले भने,- उपत्यकामा कांग्रेस-माओवादी चुनावी तालमेल हुनसक्छ



काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यकामा कांग्रेस र माओवादीबची चुनावी तालमेल हुनसक्ने बताएका छन् ।

मंगलबार एमाले र राप्रपाबीच काठमाडौं उपत्यकामा चुनावी तालमेल भएपछि नेता पुनले कांग्रेस र माओवादीबीच पनि चुनावी तालमेल हुनसक्ने बताए ।

‘देशभरी नै कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने भन्ने सहमति भएको छ,’ पुनले क्लिकमाण्डूसँग भने,- ‘काठमाडौं उपत्यकामा तालमेल गर्ने बारे अहिलेसम्म सहमति भइसकेको छैन । तर, आवश्यकता पर्यो भने तालमेल हुनसक्छ ।’

पहिलो चरणको स्थानीय निकायको निर्वाचन यही बैशाख ३१ गते हुँदैछ । आज देशभर नै उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिपक्षमा रहेका एमाले र राप्रपाले चुनावी तालमेल गरेपछि सत्ता साझेदार कांग्रेस र माओवादीले पनि तालमेललाई प्राथमिकता दिएका हुन् ।


पुष्प दुलाल