एसएलसी फेललाई पनि उद्यमी बनाउन सरकारले सहयोग गर्ने



काठमाडौं । तपाईसँग देशमै बसेर उद्यमी बन्ने अठोट र सिर्जनशीलता छ ? यदि छ भने तपाईँलाई सरकारले सहयोग गर्दैछ ।

राष्ट्रिय युवा परिषदले वेरोजगार युवा लक्षित गरी व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ । युवा व्यावसायीहरुको प्रस्ताव उत्कृष्ट भएमा सरकारले उद्यमी बन्न सहयोग गर्ने छ ।

न्यूनतम ८ कक्षा पास गरेका ५ महिला सहितको १० जनाको युवा समूह दार्ता गरी माघ ३ देखि फागुन ३ सम्म सम्बन्धित जिल्लाको जिल्ला युवा समितिको कार्यालयमा आफ्नो व्यावसायिक उद्यम प्रस्ताव सहितको निवेदन दिनु पर्ने हुन्छ ।

‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रमका लागि ७५ जिल्लाका २ सय ४० वटै निर्वाचन क्षेत्रमा परियोजना प्रस्ताव मागिएको हो ।

प्रस्ताबअनुसार १६ देखि ४० वर्षका युवा व्यावसायिक उद्यमीले ५ वर्षे परियोजना सहित प्रस्ताव पेश गर्नु पर्ने छ ।
तर, परियोजना सबै सदस्यलाई लाभ हुने किसिमको हुनुपर्ने सरकारी शर्त छ ।

स्थानीय श्रोत साधनमा आधारित रहि कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति लगायतका क्षेत्रमा आधारित भएर परियोजना तयार गनुपर्ने सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।


पुष्प दुलाल