चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्ति अनावरण



काठमाडौं । पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्रस्थापनागरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आजअनावरण गरे । चन्द्रागिरि पर्वतपृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामामूर्तिचित्रनिर्माण गरिएको हो ।

पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनको दिव्योपदेशमा उल्लेख गरिएकोछ ।

चन्द्रागिरि हिल्स अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत ७ वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गर्नुभयो ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगजोडिएको यस चन्द्रागिरि पर्वतमावहाको २९५औं जन्मजयन्तीका अवसरमा मूर्तिचित्रनिर्माण गर्न पाएकोमा खुशी व्यक्तगर्दै अध्यक्ष ढकालले चन्द्रागिरि पर्यटककहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिए ।

चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराजढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रमागर्दा सतीदेवीको भालअर्थात निधार पतनभएर भालेश्वर महादेव उत्पतिभएको भन्ने कुरा स्वस्तानीकथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

चन्द्रागिरि हिल्स लिमिटेडलेचन्द्रागिरि केबलकार चढेरभालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागिअशोक लेलेण्डको४२ सिटक्षमताभएको निशुल्क बस सेवाकोव्यवस्था गरेको छ ।

बसहरु प्रत्येक दिनबिहान साढे सात बजेकाठमाडौंको महाराजगञ्जर कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क,बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्कीहुँदै चन्द्रागिरि केबलकारसम्मपुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना,बल्खु,कलङ्कीहुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ।यिबसहरुतत् स्थानहरु हुँदै फर्कने छन् । चन्द्रागिरि केबलकारको टिकटकाठमाडौंस्थितआईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।


पुष्प दुलाल