‘अब छिट्टै सहकारीमैत्री एने लागू हुन्छ’



पाल्पा । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नेपालमा अब छिट्टै सहकारीमैत्री ऐन लागु हुने बताएका छन् ।

रामपुरमा अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थाको आज १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री थानीले अबको डेढ महिनाभित्र सहकारीमैत्री ऐन लागु हुने बताए ।

सरकारले सहकारीलाई तीनखम्बे अर्थनीतिमा राखेको र बैंकले गर्ने काम गाउँगाउँमा सहकारीले गरेको उनको भनाइ थियो । गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम बनेको भन्दै मन्त्री थानीले ग्रामीण भेगका जनताको जीवनस्तर माथि उठाउन सहकारीले ठूलो भूमिका खेलेको बताए ।

सहकारीले राष्ट्रको मेरुदण्डको रुपमा काम गरेको र सहकारीकै माध्यमबाट ६१ हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । उनले सहकारीको मूल्य मान्यतालाई विचलित नबनाउने प्रतिबद्धता समेत जाहेर गरे ।

अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थामा ४२ करोड ४७ लाख २३ हजार कुल पुँजी तथा रु एक करोड २४ लाख ३६ हजार बचत रहेको सो सहकारीका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीमा करिब छ हजार महिला र दुई हजार बढी पुरुष सदस्य रहेका छन् । रासस


पुष्प दुलाल