दश वर्षपछि नेपाली युवाले रोजगारीका लागि विदेश जानु पर्दैन: उद्योगमन्त्री



pBf]u dGqLåf/f dGqfnodf 5nkmn pBf]u dGqfnon] cfOtaf/ cfof]]hgf u/]sf] pBf]u If]q ;'wf/ sfo{of]hgf ljifos 5nkmn sfo{qmddf pBf]u dGqL glaGb|/fh hf]zLnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको १० वर्षपछि नेपाली युवाहरु देशभित्र रोजगार नपाएर रोजगारी खोज्दै विदेश जानु नपर्ने बताएका छन् ।

उद्योग मन्त्रालयद्धारा मंगलबार ललितपुरमा आयोजित वार्षिक समिछ्या गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले यस्तो बताएका हुन् ।
देश निर्माणमा लाग्नुपर्ने युवा शक्ति विदेशीएकोमा उनले चिन्ता व्यक्त गरे ।

‘सरकारले रोजगारीको सिर्जना गर्ने गरी विभिन्न कामहरु अघि बढाइरहेको छ, अबको १० वर्षपछि नेपाली युवाहरु रोजगारी खोज्दै विदेशीनु पर्दैन । नेपालमै रोजगारी पाइन्छ,’ मन्त्री जोशीले भने ।

अहिले विदेशीने जनशक्तिलाई पनि आवश्यक तालिम दिएर विदेश पठाउने हो भने रेमिट्यान्स निकै बढी भित्रिने उनको भनाई थियो । स्वदेशी पुँजीलाई देशभित्र रहेका उद्योगहरुमा लगानी गर्न जरुरी भएको धारणा राखे ।

मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि लघु उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै गइरहेको बताए । उक्त कार्यक्रम ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरेर सन् १९९८ देखि राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा सञ्चालन भएको थियो । हाल सो कार्यलाई अस्ट्रेलिया सरकारबाट समेत सहयोग प्राप्त भइरहेको उनले बताए । ।

गरिबीको रेखामुनि रहेका र सामाजिकरुपमा पछाडि पारिएका समूहका व्यक्तिलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित मेडेपाले २०७३ भदौसम्ममा ७६ हजार लाभान्वित भएको तथ्याङ्कले देखाएको छ ।

मेडेपाले ९७ हजार ६ सय ७३ मानिसलाई दीर्घकालीन रोजगारी सिर्जना गरेको छ । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको बताइएको छ । हाल देशका ३८ जिल्लामा मेडेपा सञ्चालन भइरहेको छ ।

मेडेपाले सेवामूलक, हस्तकला, कृषि र वन पैदावरमा आधारित कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । जसअनुसार कृषिमा आधारित ५३ हजार ७४१ उद्यमी रहेका छन् । यसबाट प्रत्यक्षरुपमा वार्षिक प्रतिव्यक्तिको आम्दानी १ लाख ५८ हजार ६ सय २६ रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ ।


पुष्प दुलाल