तयार भयो फोहोरबाट बिजुली निकाल्ने प्लान्ट, उत्पादन तत्काल थालिने

युवराज गौतम / क्लिकमाण्डु २०७३ भदौ २१ गते १६:२९ मा प्रकाशित
fohor_bijuli_1

प्लान्ट देखाउँदै इन्जिनियर महेश कुमार शाह

काठमाडौं । ठुस्स गनाउने फोहोरबाट निस्केको चम्किलो बिजुली देख्न अब राजधानीबासीले धेरै दिन कुर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालीकाले नमुना परियोजनाको रूपमा केही दिनभित्र १४ किलोवाट बिजुली निकाल्न सुरु गर्दै छ ।

परियोजनाका लागि दुई ‘डाइजेस्ट प्लान्ट’ स्थापना भइसकेका छन् । भारतबाट ल्याइएका ति प्लान्ट टेकु स्थित ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’ मा स्थापना गरिएको छ। ‘केही दिनमा नै फोहोर संकलन गरी प्लान्टमा राखेर पेल्न सुरु गरिनेछ’ महानगरको वातावरण व्यवस्था विभागका प्रमुख तथा बरिष्ठ इन्जिनियर रविनमान श्रेष्ठले क्लिकमाण्डुलाई भने ।

ढिलोमा एक महिना भित्र ग्यास र विजुली दुवै उत्पादन थालिने श्रेष्ठले बताए । नेपालमा फोहोर ब्यबस्थापनमा ल्यान्डफिल्डिङ र कम्पोष्टिङ बाहेक अन्य अरू प्रयोग भएका छैनन् । महानगरपालिकाले सुरु गर्न लागेको यस्तो ‘बायोमिथानेसन इनर्जी प्लान्ट’ नेपालका लागि अलि नौलो  अनुभव हो।

कसरी निस्किन्छ बिजुली?

दैनिक ३ टनसम्मको जैविक फोहोर खपत गर्ने यो प्लान्टका ट्याङ्कीमा फोहोर र पानी जम्मा गरिन्छ । ट्याङ्कीमा जोडिएका तीनवटा छुट्टाछुट्टै पाइपबाट बेलुनमा ग्याँस जम्मा गरिन्छ । यो ग्याँस खाना पकाउन पनि प्रयोग गर्न सकिन्छ । तर, वितरण गर्न अथवा सिलिन्डरमा भर्न झन्झटिलो हुने भएकाले यसबाट बिजुली निकाल्ने योजना महानगरले बनाएको हो । ग्याँसले जेनेरेटरलाई उर्जा दिन्छ र बिजुली उत्पादन हुन्छ । ४० केबिएको ग्याँसबाट चल्ने जेनेरेटर जडान भइसकेको छ ।

यो नमुना परियोजनाबाट निस्कने १४ किलोवाट बिजुलीलाई आफ्नै कार्यालय र सडक बत्तीमा प्रयोग गर्ने महानगरको योजना छ । बिजुली उत्पादन सँगै प्लान्टबाट निस्केको पानी र फोहोरलाई उपयोग गर्न सकिन्छ । पानी सिंचाइ गर्न र फोहोर कम्पोस्ट मलको रूपमा ।

नमुना परियोजनाबाट निस्कने १४ किलोवाट बिजुलीलाई आफ्नै कार्यालय र सडक बत्तीमा प्रयोग गर्ने महानगरको योजना छ । विजुली उत्पादन सँगै प्लान्टबाट निस्केको पानी र फोहोरलाई उपयोग गर्न सकिन्छ । पानी सिंचाइ गर्न र फोहोर कम्पोस्ट मलको रूपमा ।

आशाको सञ्चार

उर्जा उत्पादनको हिसाबले यो परियोजना ज्यादै सानो भए पनि सहरी फोहोर व्यवस्थापन र उर्जा स्रोतको विविधतामा यसले आशाको सञ्चार गराएको छ । यो परियोजना सफल भए बिस्तार गर्ने योजनामा महानगर छ भने उपत्यका बाहिरका अन्य शहरले पनि सिको गर्न सक्ने छन् । कम्पोस्ट मल उत्पादनको प्रयोजनले पनि यो प्रविधि उपयुक्त मान्न सकिन्छ ।

चुनौती के छ?

युरोपियन युनियन र महानगरको संयुक्त लगानीमा स्थापना भएको यो प्लान्टका लागि १ करोड ८२ लाख खर्च भइसकेको छ । फोहोर संकलन र त्यसबाट कुहिने-जैविक फोहोर मात्र छुट्याउन महानगरलाई नियमित आर्थिक भार पनि पर्ने छ । फोहोर प्रोसेसिङ गर्ने मोटरहरू सञ्चालन गर्न पनि उत्पादित उर्जाबाटै केही खपत हुने छ । यसरी हेर्दा फोहोरको बिजुलीमा लागत बढि छ ।

fohor_bi_1.jpj fohor_bi_2  fohor_bi_4

 

fohor_bi_3

तस्वीरहरू: राजन काफ्ले/क्लिकमाण्डु

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स