प्राइमलाई कैलाश गाभ्न राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति
काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको छ ।
राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो ।
केही दिन अगाडि प्राइम बैंकले कन्काई विकास बैंकलाई गाभेको थियो । प्राइमको अब शाखा ११३ रहेको छ भने कैलाशको ९५ वटा शाखा रहेको छ ।