बीओके ऋण अपचलन प्रकरणः धितो मूल्यांकन गर्ने भेषराज खत्रीलाई प्रहरीले समात्यो
काठमाडौं । नक्कली धनीपुर्जा बनाएर धितो राखी बैंक अफ काठमाण्डूबाट १ करोड ९७ लाख लाख रुपैयाँ ऋण लिएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
बैंक अफ काठमाण्डूका पूर्वसीइओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई प्रहरीले पक्रियो
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले धितो मूल्यांकनकर्ता (भ्यालुएटर) बिराटनगरका भेषराज खत्रीलाई बिहीबार पक्राउ गरेर बिहीबार नै पाटन उच्च अदालतमा बुझाएको छ ।
बीओके ऋण दुरुपयोग प्रकरणः शोभनदेव पन्तले अजय श्रेष्ठलाई ‘बि केयरफूल’ भनेका थिए, यस्तो छ नालीबेली
यो घटनामा बैंकका तत्कालीन सीइओ अजय श्रेष्ठसहित ऋणी सुरेन्द्र श्रेष्ठलगायत १३ जना पक्राउ परिसकेका छन् ।
प्रहरीले बिहीबार पक्राउ परेकाहरुलाई थुनछेक बहश शुरु गरिसकेको छ ।