जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा नक्सालको नागपोखरीमा फिजियोथेरापी सेन्टर सञ्चालनमा




काठमाडौं । काठमाण्डौं नेपालस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयरमा आवद्ध चिकित्सकहरुको सहयोगमा नक्सालको नागपोखरीमा फिजियोथेरापी सेनटर सञ्चालनमा आएको छ ।

असहाय, अशक्त, अपांग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याइएको हो ।

वरिष्ठ उद्योगपति, समाजेसेवी बुद्धिजीवीहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरी उक्त फिजियोथेरापी सेन्टरको उदघाटन गरिएको थियो ।

यस फिजियोथेरापी सेन्टरले असहाय, अशक्त, अपांग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलको सिफारिसमा निःशुल्क सेवा प्रदान गर्ने तथा अन्य व्यक्तिहरुको हकमा न्यूनतम शुल्क लिई उक्त सेवा प्रदान गर्ने भनि जैन स्वेताम्बर तेरापन्थका अध्यक्ष श्री रश्मि जैनले उक्त कार्यक्रममा जानकारी दिए ।

फिजियोथेरापी सेन्टर सञ्चालनका लागि जावलाखेलस्थित आशास हेल्थ केयरले मेडिकल सहयोग प्रदान गरेको अध्यक्ष जैनले जानकारी दिइन ।


क्लिकमान्डु