लोकसेवाको विज्ञापनमा सर्वोच्चले अन्तरिम आदेश दिएन, काम गर्न बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दैै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले अग्राधिकार दिँदै १५ दिनभित्र पूर्ण सुनुवाइ गर्नका लागि आदेश समेत दिएको छ ।
अदालतको आदेशसँगै स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रक्रियाका लागि बाटो खुलेको छ । आयोगले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गरेको छ । जसमा हालसम्म २ लाख जनाले आवेदन दिएका छन् ।