अमेरिका पढ्न जाने नेपाली विद्यार्थीका लागि खुसीको खबर, पारस्परिकता इस्युएन्स शुल्क तिनु नपर्ने
काठमाडौं । उच्च शिक्षाका लागि अमेरिका जाने नेपाली विद्यार्थीले अब पारस्परिकता इस्युएन्स शुल्क तिर्नुनपर्ने भएको छ ।
सोमबार नेपालस्थित अमेरिकी दूतावासले जुलाइ १ देखि लागू हुने गरी पारस्परिकता इस्युएन्स शुल्क वापतको २ सय अमेरिकी डलर शुल्क तिर्न नपर्ने बताएको हो ।
दूतावासले ट्विटरमा भिडियोमार्फत यस्तो जानकारी दिएको हो ।
दूतावासका अनुसार नेपाल सरकारसँगको सहकार्यमा उक्त शुल्क तिर्न नपर्ने सहमति भएको हो । साथै अमेरिकी नागरिक नेपालमा पढ्न आउँदा ३६० अमेरिकी डलर बुझाउन नपर्ने भएको हो ।
पारस्परिक इन्यूएन्स शुल्क भनेको कुनै पनि एक देशले अर्को देशका लागि कुनै निश्चित भिसाका लागि शुल्क लिन्छ भने सोही प्रकारको भिसाका लागि लिइने अर्को देशले शुल्क लिनेलाई भनिन्छ ।
अहिले नेपाल सरकार र अमेरिकी सरकारले विद्यार्थी भिसामा लिँदै आएका शुल्कहरु दुबै देशले हटाउने निर्णय गरेका छन् ।