काठमाडौंका हरेक वडामा नमूना विद्यालय बनाइने, विद्यार्थीलाई फेलोसिप दिइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वडामा नमूना विद्यालय बनाउने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरेका छन् ।

साथै, विद्यालय शिक्षामा यस वर्ष नयाँ पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । जसमा उपत्यकाको भाषा, सस्कृति, रहनसहन, तथा नैतिक शिक्षा समेत समावेश गरिनेछ ।

साथै मेयर रिसर्च फेलोसिप अन्तर्गत विश्वविद्यालय, अध्ययन संस्थानसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नसिप/फेलोसिप दिइने उल्लेख गरिएको छ ।

त्यस्तै, प्राविधिक शिक्षामा जोड दिँदै हरेक सामूदायिक विद्यालयमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना गरिने उल्लेख गरिएको छ ।


क्लिकमान्डु