सिटिजन्स बैंकले गल्ती सच्यायो, मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने

259
Shares

काठमाडौं । सिटिजन्स बैंकले व्याजदरका विषयमा भएको गल्ती सच्याएको छ । बैंकले मंगलबार एक दैनिक पत्रिकामा प्रकाशित गरिएको विज्ञापन टाइप र इडिट मिस्टेकका कारण मुद्दति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिने उल्लेख थियो ।

बैंकले ९.२५ प्रतिशत ब्याजदर दिने निर्णयअनुसार विज्ञापन बनाउँदा टाइप र इडिटमा भएको गल्तीका कारण ९.५ प्रतिशत हुन गएको थियो ।

सिटिजन्स बैंकमा कस्ले गर्यो यस्तो गम्भीर गल्ती ?

बैंकले बिहीबार फेरि सोही दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेर व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकसं संघको भद्र सहमतिअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ९.५ प्रतिशत भन्दा बढी ब्याज दिने प्रोडक्ट प्रकाशित गर्न पाउँदैनन् । निक्षेप तान्नका लागि ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा भएपनि संघले भद्र सहमति गरेको हो ।

तर, भूलवस प्रकाशित भएको नयाँ बयाजदर बैंकले एक मिनेट पनि कार्यान्वयन नगरेको बैंकका डेपुटी सीइओ बोधराज देवकोटा बताउँछन् ।

‘मंगलबार प्रकाशित गरेको विज्ञापन मिस्टेक भएपछि हामीले करेक्सन गरेर प्रेसमा पठायौं, बुधबार पब्लिस गर्ने भनेको विज्ञापनको डिजाइनमा पनि फेरि अर्को मिस्टेक रहेछ, त्यसैले बुधबार प्रकाशन नगरेका हौं, गल्तीलाई करेक्सन गरेर बिहीबार सहमति अनुसारन नै ब्याज दिने विज्ञापन प्रकाशित गरेका छौं,’ देवकोटाले क्लिकमाण्डूसँग भने ।

आफूहरु बैंकर्स संघले गरेको सहमतिको पक्षमा रहेको र उक्त सहमति पूर्ण पालना गर्ने उनले जानकारी दिए । 

Skip This