सिटिजन्स बैंकमा कस्ले गर्यो यस्तो गम्भीर गल्ती ?



काठमाडौं । सिटिजन्स बैंकले मंगलबार एक दैनिक पत्रिकामा मुद्दति निक्षेपमा ९.५ प्रतिशत र बचतमा ६.५ प्रतिशक ब्याज दिने भन्दै विज्ञापन प्रकाशित गर्यो ।

बैंकर्स संघले गरेको भद्र सहमति अनुसार बैंकले प्रकाशित गरेको ब्याजदर बढी थियो । बैंकर्स संघको भद्र सहमतिलाई सबै बैंकहरुले पालना गरिरहेका छन् ।

बैंकका निवर्तनमा प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी नै ब्याजदरमा बैंकर्स संघको भद्र सहमति गराउनेमा ठूलो भूमिकामा थिए । र, सिटिजन्स बैंकले सँधै यस्तो भद्र सहमति पालना गरिरहेको पनि थियो ।

एकाएक मंगलबार भद्र सहमति बिपरित बढी ब्याज दिने भन्दै विज्ञापन प्रकाशित भएपछि बैंकरहरुबीच हल्लाखल्ला मच्चियो । सबैको प्रश्न थियो कि- आजसम्म भद्र सहमति पालना गरेको सिटिजन्स बैंकले आज किन तोड्यो ?

डेपुटी सीइओ देवकोटाका अनुसार भूलवस प्रकाशित भएको त्यो विज्ञापनमा उल्लेख गरिएको ब्याजदर बैंकले एक मिनेट पनि कार्यान्वयन गरेन ।

बैंकर्स संघका पदाधिकारीले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई फोन गरेर सोधेपछि मात्रै पो थाहा भयो कि बैंकले जानीजानी यस्तो गरेको होइन रहेछ ।

ब्याजदरको भद्र सहमति नमान्ने बैंकको सीइओलाई कालोमोसो दल्ने सहमति !

‘मैले गणेशजीलाई यो के गरेको भन्दै फोन गरेर सोधेँ,’ बैंकर्स संघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘९.२५ को रेट पब्लिस गर्ने भनेको टाइप र प्रुफ मिस्टेक भएछ, हामी यो दर कार्यान्वयन गर्दैनौं, यसलाई करेक्सन गर्दै भोलि ९.२५ ब्याज दिनेगरीको विज्ञापन प्रकाशित गर्छौं ।’

बैंकर्स संघले सीइओहरुको भाइबर ग्रुपमा सिटिजन्स बैंकका सीइओले दिएको जवाफ सर्कुलर गर्यो ।

सीइओहरु चुप लागे ।

तर, बुधबार बैंकले करेक्सन गरेर अर्को विज्ञापन प्रकाशन गरेन ।

व्यक्तिगत तर्फ मुद्दतीमा ९.२५ प्रतिशत र बचतमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने बैंकर्स संघको निर्णय

‘मंगलबार प्रकाशित गरेको विज्ञापन मिस्टेक भएपछि हामीले करेक्सन गरेर प्रेसमा पठायौं, बुधबार पब्लिस गर्ने भनेको विज्ञापनको डिजाइनमा पनि फेरि अर्को मिस्टेक रहेछ, त्यसैले बुधबार प्रकाशन नगरेका हौं,’ डेपुटी सीइओ बोधराज देवकोटाले क्लिकमाण्डूसँग भने ।

डेपुटी सीइओ देवकोटाका अनुसार भूलवस प्रकाशित भएको त्यो विज्ञापनमा उल्लेख गरिएको ब्याजदर बैंकले एक मिनेट पनि कार्यान्वयन गरेन ।

‘हामीले त्यो दर कार्यान्वयन गरेनौं, बैंकर्स संघमा भएको सहमति अनुसारको ब्याजदर दिइरहेका छौं,’ उनले भने, ‘हामी संघको सहमतिको पूर्ण पालना गर्छौं ।’

विज्ञापनको डिजाइन बनाउन बैंकले एक विज्ञापन एजेन्सीलाई दिएको थियो । त्यो एजेन्सीले मिस्टेक गरेका कारण बैंकलाई समस्या परेको बैंकका अधिकारीहरु बताउँछन् । 


क्लिकमान्डु