व्यक्तिगत तर्फ मुद्दतीमा ९.२५ प्रतिशत र बचतमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने बैंकर्स संघको निर्णय



काठमाडौं । नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा बढीमा ९.२५ प्रतिशतसम्म ब्याजदर दिने भद्र सहमति गरेको छ ।

बैंकर्स संघको पूर्ण बैठकले बचत तर्फ व्यक्तिगत निक्षेपमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने निर्णय गरेको हो ।

यस्तै संस्थागत तर्फको मुद्दती निक्षेपमा ८.५ प्रतिशत ब्याजदरमा भद्र सहमति भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

बैकर्स संघले भद्र सहमति हटाउने निर्णय गरेसँगै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा वाणिज्य बैंकमा देखिएको थियो ।

ठूला बैंक नै ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेपछि बजारमा मनोवैज्ञानिक त्रासको वातावरण सिर्जना भएको थियो ।

राष्ट्र बैंकले बिहीबार बोलाएर सबै बैंकलाई ब्याजदरको प्रतिस्पर्धा नगर्न चेतावनी दिएको थियो । सो लगत्तै बसेको बैकर्स संघको बैठकले ब्याजदरमा भद्र सहमति गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु