५ बैंकको रिपोर्ट आयोः कसको अवस्था कस्तो ?



काठमाडौं । मंगलबार ५ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण प्रकाशित गरेका बैंकहरुको विवरणमा नाफा हेर्दा सबै बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् ।

नविल, स्ट्यान्डर्ड चाटर्ड, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकले ०७५ चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गरेका हुन् । योसागै चैत मसान्तको वित्तीय विवरण सार्वजानिक गर्ने वाणिज्य बैंकहरुको संख्या १८ पुगेको छ ।

लक्ष्मी बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २ करोड ९६ लाख ३३ हजार नाफा आर्जन गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा १९.५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ८६ करोड ११ लाख ९७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरण योग्य नाफा ७० करोड ५५ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ३४.४१ प्रतिशतले बढेर २ अर्ब १९ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ भने

सञ्चालन मुनाफा १९.३३ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ५८ हजार रहेको छ ।

८ अर्ब ९२ करोड ५ लाख ९ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने बढेर १.२० प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा १.१६ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २० पैसा रहेको छ ।

बैंक अफ काठमाण्डूः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार ६८८ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा २९.४५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ९३ करोड ५ लाख ७५ हजार १६९ रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरण योग्य नाफा ७३ करोड ३८ लाख २६९ रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३२.६० प्रतिशतले बढेर २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार ६९४ रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३०.०१ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ६ लाख १३ हजार ७६८ रुपैयाँ रहेको छ ।

८ अर्ब ६ करोड ३१ लाख १ हजार ३३छ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६० करोड ६४ लाख ६३ हजार ८८ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने बढेर २.१२ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा १.८२ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९२ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल बंगलादेश बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड १४ लाख ७९ हजार ७ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ५४.६५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ७३ करोड ८० लाख ९० हजार ७३४ रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरण योग्य नाफा ६० करोड २५ लाख ८३ हजार ६८५ रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ५०.९६ प्रतिशतले बढेर २ अर्ब ११ करोड १३ लाख १६ हजार १७८ रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६५.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८७ लाख ७४ हजार ४८० रुपैयाँ रहेको छ ।

८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब १९ करोड ७९ लाख ९६ हजार ७०९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने बढेर १.८६ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा १.७७ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा रहेको छ ।

स्टयाण्डर्ड चार्टर्ड बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ११.६२ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी ६.५१ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ६० लाख २७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११.७९ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ९८ लाख १७ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब १ करोड १४ लाख ३१ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने घटेर ०.२० प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा ०.२१ प्रतिशत रहेको थियो । ।

प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा रहेको छ ।

नबिल बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब १९ करोड १० लाख ७१ हजार नाफा आर्जन गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ३.१७ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ३२ करोड ४४ लाख २३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.३८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ पुगेको छ भने  सञ्चालन मुनाफा ६.०३ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ७४ लाख ८१ हजार रहेको छ ।

९ अर्ब १ करोड १८ लाख ४५ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ०.६४ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा १.०७ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६९ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २० पैसा रहेको छ ।


पुष्प दुलाल