अर्थमन्त्री खतिवडाले भनेः बैंकलाई कसरी बाध्य पार्नुपर्छ मलाई थाह छ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समयमा उद्योगमा ज्याला बढेपनि उत्पादन बढन नसकेको चिन्ता व्यक्ति गरेका छन् ।

नेपाल उनी फेल्ट उत्पादन तथा निर्यात संघको दशौं वार्षिक साधारण सभामा मन्त्री खतिवडाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले प्रविधिमा, उपकरणमा, सिपमा वा लगानी थपेर भएपनि उत्पादन बढाउनु पर्ने बताए । मन्त्री खतिवडाले भने ‘प्रविधि अपुग भएर, उपकरण पुराना भएर, नयाँ सिपको विकास गर्न नसकेर वा लगानी गर्न नसकेर उत्पादन नबढेको हो भने त्यो सबै थपौं त्यसको लागि लगानी गर्न सरकार पनि तयार रहेको छ । सिपलाई पनि नयाँ बनाउनु पर्छ, त्यसमा लगानी गर्ने हो भने बरु सरकार पनि तयार छ, तालिम चलाउने भएपनि सरकार समन्वय गर्न तयार छ ।’

कार्यक्रममा मन्त्री डा. खतिवडाले बैंकको ब्याज निकासी हुने क्षेत्रमा नेपाल राष्ट्र बैंकले एक प्रतिशत पुनकर्जा दिने र चार प्रतिशत ६ महिना वा एक वर्ष अवधिको ऋण दिने भनेको भएपनि राष्ट्र बैंकको ऐन नै संसोधन नगरी नगरी दिर्धकालीन प्रकृतिको ऋण दिन नसकिने अवस्था रहेको बताए । उनले भने त्यो बढीमा एक वर्ष जान्छ, त्यो एउटा अल्पकालीन व्यवस्था हो, अहिले हामी कानूनको प्रावधान अनुसार अघि बढनु पर्ने हुन्छ ।

स्वदशी मुद्रामा सहुलियत पूर्ण कर्जाको व्यवस्था गरेको भन्दै त्यसमा बैंकहरुलाई बढी बाध्य पार्न आवश्यक रहेको बताए ।
मन्त्री खतिवडाले बैंकलाई यसका लागि प्रोत्साहीत गर्ने र प्रोत्साहीत गर्दा नमानेको खण्डमा बाध्य पार्ने जानकारी गराए । मन्त्री खतिवडाले भने ‘त्यो कसरी बाध्य पार्छौ भन्ने मलाई थाहा छ, कृषि र साना व्यवसायमा उहाँहरुले पहिला लगानी नै गर्नु भएन, २०६६÷०६७ सालमा कृषिमा लगानी एक प्रतिशत रहेको र अहिले ८ रहेपनि १० को हाराहारीमा पुर्याउनु पर्ने भएको छ, बाध्य पारेपछि त हुने रहेछ नी ।’ उनले थपे लगानीको लागि बाध्यका साथै अनुकुल पनि आवश्यक भएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष नरेशलाल श्रेष्ठले उद्योगीले वार्षिक दुई खर्ब बढीको फेल्ट निर्यात गरेको बताए । उलने निर्यात हुने फेल्टमा बढी जापान, अमेरिका तथा एसियन मुलुकमा हुने गरेको जानकारी गराए । अहिले पनि २० हजार भन्दा बढी महिलाले रोजगारी पाएको भन्दै यो उद्योगलाई सहज बनाउन सरकारले तालिम गर्ने ठाँउ उपलब्ध गराउन माग गरे ।


क्लिकमान्डु