बैंकरको लबिङ सीसीडी हटाउन, उद्योगीको माग कर्जाको ब्याजदर घटाउ


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङगानाले ब्याजदर बजारलाई नै निर्धारण गर्न दिनुपर्ने सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पुर्वाद्र्धमा आयोयिजत सुझाव संकलन कार्यक्रममा ढुंगानाले यस्तो सुझाव दिएका हुन् ।

बजारमा प्रशस्त तरलता भएमा ब्याजदर घटने भन्दै उनले अहिले सिसिडीले गर्दा ठूलो रकम आईडल राख्नु परेको बताए । करिब १५० अर्ब रुपैयाँ त्यसबाट निष्कन सक्ने भन्दै त्यसमा केही कन्सिडर गरेको खण्डमा तत्कालको आवश्यकता पुरा हुने धारणा राखे । उनले भने ‘यो दिर्घकालीन समाधान भने होईन, दिर्घकालीनका लागि रि–फाइनान्सीङलाई नै जोड दिनुपर्छ ।’

आवश्यक समयमा राष्ट्र बैंकले रि–फाइनान्सीङको व्यवस्था गर्नुपर्ने बताए । रि–फाइनान्सीङ गर्दा क्रेडिट कृयटिङ हुनेखालको गर्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले फण्ड प्रप्त गर्न नसकेर उद्योगको उत्पादन बढाउन गारो हुँदै गएकोले उद्योगहरुको रि–फाइनान्सीङको लागि सरकारले बण्ड उपलब्ध गराउन सुझाव दिए ।

तीन वर्ष अघि १०० अर्बको बण्डको व्यवस्था गर्ने भनेर घोषणा भएको भएपनि अहिलेसम्म ३०,३५ अर्ब मात्र भएको र यसलाई थपेर उद्योगहरुलाई कम्तिमा एक वर्ष रि–फाइनान्सीङ पाउने व्यवस्था गर्न सुझाव दिए । उनले रि–फाइनान्सीङको रेट मंहगो भएको भन्दै त्यसलाई घटाउन सुझाव दिए । कम्तिीमा २ प्रतिशत घटाउन उनको सुझाव छ ।

कार्यक्रममा बैंकर्स अनलराज भट्टराईले क्वालिटी तरलताको विषय उठेको भन्दै यो समस्याले गर्दा बैंकमा दायित्वतर्फ दबाब देखिएको र त्यसको असर सम्पतीमा पनि देखिने सम्भावना बढेको बताए । उनले वित्तीय र व्यापारी क्षेत्रमा क्यास साइकलको समस्या देखिएको उल्लेख गरे । ७०० अर्ब तरल सम्पती भएको समयमा बैंकिङ क्षेत्र लिक्वीड हुन नसकेकाले कर्जा व्यवस्थापनको लागि र अहिलेको खराब कर्जा हुन रोक्नका लागि काम गर्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुलेलले सुझाव दिने क्रममा सेयर धितो कर्जा ६५ प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउन सुझाव दिए । उनले प्राथमिक पूँजीको ४० प्रतिशत लगानी गर्न पाउने ब्यवस्थालाई १०० प्रतिशत पुर्याउन सुझाव दिएका छन् ।