बिजुली बेचेर ४७ प्रतिशत बढी आम्दानी गर्दा अपि पावर नाफा ३ करोड
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ४ लाख खुद नाफा गरेको छ ।
कम्पनीले दिएको जानकारीअनुसार पहिलो त्रैमासमा उक्त आम्दानी गरेको हो । यो नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ८३ प्रतिशतले बढी हो ।
कम्पनीले विद्युत् विक्रीबाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो । अत्तरिया बलाँच १३२ केभी प्रसारण लाइनसंचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।