एन.आई.सी एशिया र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौ । एन.आई.सी एशिया र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र एन आई सी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार अब एन.आई.सी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन । त्यसै गरी उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एन आई सी एशिया बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।