स्युचाटार सबस्टेशनमा समस्याः सिंहदरबार, पाटन र टेकु क्षेत्रमा १ घण्टा बिजुली अवरुद्ध

98
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका सिंहदरबार, पाटन, टेकु र स्युचाटार क्षेत्रमा आज अपराह्न विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक प्राविधिक समस्या आएकाले मर्मत कार्यका लागि सटडाउन लिनुपरेको जनाएको छ ।

मर्मतका लागि आज अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म (करिब १ घण्टा) विद्युत् कटौती गरेको प्राधिकरणले जनाएको छ ।

मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा समयभन्दा अघि नै पुनः सुचारु गरिने विद्युत् प्राधिकरणले जनाएको छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमाप्रार्थी रहेको बताएको छ ।